भाद्र २३, २०८१ आइतबार | ०८:१५:४८
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

अन्नपूर्ण म्याराथन जेठ २१ गते हुने

पोखरा। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा चौथो अन्नपूर्ण म्याराथन जेठ २१ गते सोमबार हुने भएको छ ।

अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका लागि सुरु गरिएको म्याराथनलाई निरन्तरता दिइएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले बताए ।

विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८००० मिटरभन्दा अग्ला हिमाल आरोहणको विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङले बताए ।

समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आएको छ । २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन बीचका दुई संस्करण कोभिड(१९ का कारण हुन नसकेको थिएन, गत बर्षदेखि यसलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङले बताए ।

अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक पुगेर समापन हुने गरी रुट कायम गरिएको समितिका महासचिव दिलीप गुरुङले जनाकार दिए।

पहिलो संस्करणमा त्रिभुवन आर्मीका हरिकुमार रिमाल, दोस्रो संस्करणमा डोटीका खगेन्द्रबहादुर भाट तथा तेस्रो संस्करमा पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारी च्याम्पियन बनेका थिए ।

महिला तथा पुरुष दुवैतर्फका शीर्ष तनिले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार  रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएको छ ।  दर्ता शुल्क पुरुषतर्फ ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024