चैत्र १३, २०८२ शुक्रबार | ०५:०७:५७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

काठमाडौं म्याराथनः न्युजिल्यान्डका जोनाह स्मिथ च्याम्पियन

म्याराथनका पदक विजेता ।

काठमाडौं । न्युजिल्यान्डका जोनाह स्मिथ काठमाडौं म्याराथनको १६औं संस्करणमा च्याम्पियन बनेका छन् ।

अविरल वर्षाकाबीच शनिबार भएको म्याराथन स्मिथले २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गरे। 

एपिएफका नरेन्द्र रावल दोस्रो र १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भए । नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ तथा किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए ।

विदेशी खेलाडीको सहभागिता पक्का भइसकेकाले आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित समयमै म्याराथन सन्चालन गरेको थियो ।

हाफ म्याराथनमा महिलातर्फ एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत च्याम्पियन बने ।

पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गरिन्  अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन् । अन्नाले १ घन्टा ३७ मिनेट १३ तथा चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डको समय निकालेका थिए।

नरेन्द्रले  निर्धारित दूरी पार गर्न १ घन्टा १२ मिनेट ०४ सेकेन्ड लगाए ।  राजेन्द्र तामाङ१ घन्टा १४ मिनेट ०२ सेकेन्डको साथ दोस्रो तथा विज्ञान गुरुङ १ घन्टा १६ मिनेट २६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर पहिलो भए। उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरेका थिए ।

५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डको समय निकाल्दै विजयी भए ।

५ किलोमिटर स्कुल गर्ल्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की च्याम्पियन बने । आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए । उनले निर्धारित दूरी पार गर्न ३ घन्टा १३ मिनेट ४४ सेकेन्ड लगाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो