ललितपुर । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा आइतबार राजन रोकाया र सुमित्रा चौधरी च्याम्पियन बनेका छन् ।
हिरो लिगको आयोजनामा सम्पन्न म्याराथनमा राजन पुरुष तथा सुमित्रा महिलातर्फ पहिलो भए । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
राजनले २१.१ किलोमिटर दौड १ घन्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घन्टा १७ मिनेट २४ सेकेन्डका साथ दोस्रो तथा धर्म महर्जन १ घन्टा १९ मिनेट ५८ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।
महिलातर्फ सुमित्राले १ घन्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारीले १ घन्टा ४२ मिनेट ५४ सेकेन्डका साथ दोस्रो तथा मञ्जु सुनार दुई घन्टा ३ मिनेट ८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।
यसैगरी पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए । सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डका साथ दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३।१ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।
महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डका साथ च्याम्पियन बनिन् । आशा रावत ३९ मिनेट ४.४० सेकेन्डको समय निकाल्दै दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थानमा रहे ।
यस्तै पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डका साथ पहिलो भए । मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डको समाय निकाल्दै दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा दौड पूरा गर्दैतेस्रो स्थानमा रहे ।
महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् । २३ मिनेट ५०.९ सेकेन्डका साथ श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९।८७ सेकेन्डको समय निकाल्दै पूर्णिमा श्रेष्ठ तेस्रो भए ।
ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे ।
प्रतियोगितालाई एनआरएस स्पोर्टस फाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो । पाटन दरवार स्क्वारमा आयोजित दौडमा १५ देशका १००० भन्दा बढी धावक धाविकाको सहभागिता थियो ।
कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान हुँदै सुरुआती विन्दुमै आएर थियो । दौडको उद्घाटन ललितपुर उप-महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।
मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) नेपाल ओलम्पिक कमिटी र ललितपुर उप-महानगरपालिकाले सहयोग गरेका थिए ।