काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको तेस्रो संस्करणमा च्याम्पियन बनेका छन् । च्याम्पियन बनेका छन् । ।
शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।
नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्डका साथ दोस्रो भए । तीर्थ पुनले १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । । यसैगरी आर्मीका नरेन्द्र रावल चौथो र खडक बहादुर खड्का पाँचौं भए।
महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गरिन् । नेपाल पुलिसकी राममाया बुढा १ घण्टा २१ मिनेट ५६ सेकेन्डका साथ दोस्रो भइन् ।
तेस्रो बनेकी एपिएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्यस्तै आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौथो र एपिएफकी फुलमती राना पाँचौं स्थानमा रहे । ।
गत वर्ष पनि दीपक नै च्याम्पियन बनेका थिए । सन्तोषीले गत वर्ष भने भाग लिएकी थिइनन् । उनी पहिलो संस्करणको च्याम्पियन हुन ।
हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार रुपैयौ प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्किएको थियो ।
१० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धामा शीर्ष देखि पाँचौं स्थानसम्म आर्मीकै खेलाडी रहे । मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवास कार्की चौथो र श्रीकाश राई पाँचौं भए ।
पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं स्थानमा रहे ।
स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की, विकेश घिमिरे, कृष्ण परियार र आशिष कुमार क्षेत्री शीर्षदेखि पाँचौं स्थान हात पारे ।
ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं भए ।
ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ चौथो र वविता थापाले शीर्ष देखि पाँचौं स्थान हात पारे ।
नेपाल भेटनरी संघको आयोजनामा भएको प्रतिायोगितामा ७ हजारभन्दा बढीको सहभागिता थियो ।