काठमाडौं । मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।
पकनाजोलस्थित ओयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिबार भएको एक दिने प्रतियोगितामा तेन्जिङ पुरुष र पञ्चमाया महिलातर्फ च्याम्पिय बनेका हुन् ।
पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अंक स्कोर गर्दै २० हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पहरु जिते ।
यस्तै दोस्रो भएका साजन लामाले ५६ अंक स्को गर्दै १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले ५ हजार रुपैयाँ र गिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अंक स्कोर गरे ।
महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार रुपैयाँ र गिफ्टह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकी स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरे ।
खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्टस क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । जसमा तीन विदेश खेलाडी थिए ।
पहिलो चरणमा क्वालिफिकेसन राउण्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा समान आठ पुरुष/ महिला खेलाडीबीच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आइएफएससी) को नियम र मापदण्ड अनुसार संचालन प्रतियोगितालाई नेपाल आरोहण खेलकुद संघ (एनसिएसए) ले पनि मान्यता दिएको थियो । प्रतियोगिताको प्राविधिक सहयोगीमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ थियो ।
विजेतालाई नेपाल बरोहण खेलकुद संघका अध्यक्ष हरि धरेल, मुसा मसला संस्थापक अध्यक्ष माइक म्याकलिन, आयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितालाई अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वोङ्छु पिक प्रोमोसनले मुख्य प्रायोजन गरेका थिए ।