काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फअशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय च्याम्पियन बनेका छन् ।
रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारीत दुरी चार घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे। राजा महताराले चार घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर दोस्रो र मनकुमार रोका मगरले चार घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान हासिल गरे।
महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले पाँच घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरिन् । यसैगरी दोस्रो भएकी स्टाइन हेजेलवर्गले दौड पूरा गर्न पाँच घन्टा ५८ मिनेट १४ सकेन्ड लगाइन् । सोन्या मार्टिनले पाँच घन्टा ५८ मिनेट ३६ सकेन्डका तेस्रो स्थानमा रहिन् ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जना धाविकधाविकाको सहभागिता थियो । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे ।