चैत्र ४, २०८२ बुधबार | ०५:४४:१३
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

काठमाडौं । पाकिस्तानका माजर अली खान, वालिद खान र अहमद खानले नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ रुकुम–पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश)बाट खेल्ने भएका छन् ।

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश)ले आयोजक नेपाल भलिबल संघ (एनभिए) लाई आफ्ना १२ खेलाडीसहित १५ सदस्यीय टिमको सूची बुझाएको छ ।

कूल २० टिम सहभागी हुने प्रतियोगिताका खेलहरु पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा विभागीय टिमबाहेक अन्य टोलीले समान तीन  विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

माजर र वालिदले यसअघि पनि हेल्प नेपालबाट एनभिए लिग खेलेका थिए ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टिम सहभागी हुने पक्का एको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।

लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो ।  पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाउँदै आएको छ ।

गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।

 

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH