चैत्र ३, २०८२ मंगलबार | २२:३१:१८
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन

काठमाडौं । विवेक राना मगरको अलराउण्ड प्रदर्शनमा ललितपुर जिल्ला काठमाडौंलाई पराजित गरेर राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोटको च्याम्पियन भएको छ ।

मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै ललितपुर च्याम्पियन भएको हो । पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर २१० रनको योगफल तयार गर्यो ।

काठमाडौंका लागि कप्तान इशान पाण्डे सर्वाधिक ४४ तथा रित गौतम ४२ रनमा आउट भए । ललितपुरका लागि विवेक राना मगर, सुर्य तामाङ र सचिन लेखकले समान २ तथा तिलकराज भण्डारीले १ विकेट लिए ।

२११ रनको लक्ष्य ललितपुरले ३८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । ललितपुरको जितमा विवेकले ७३ रनमा अविजित रहँदा सचिन लेखक ६३ रनमा आउट भए । काठमाडौंका लागि सन्दीप पराजुलीले २ तथा धिरज देउवा तथा कप्तान इशानले समान १ विकेट लिए ।

प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता रहेको थियो । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल भएपछि लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहका काठमाडौं र ललितपुरबीच फाइनल भएको थियो । ‎

टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH