काठमाडौं । पर्यटकीय क्षेत्र पोखरा खेलकुदको लागि काठमाडौ उपत्यकापछि सर्वाधिक रुचाइएको स्थल हो । यहाँ फुटबल, आर्चरीसँगै भलिबल खेल आम दर्शकको रोजाइमा पर्ने गर्छ । भलिबलको चर्चा र दर्शक पनि निकै हुने देखेपछि फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामै गर्ने निर्णयमा आयोजक इन्फिनिटी ड्रिम्स पुगेको थियो ।
अन्तिमसम्म पनि के हुने, कसो हुने हो बीच आयोजक पोखरामै प्रतियोगिता गर्ने निर्णय भएको थियो । भदौ २० देखि प्रतियोगिता सुरु नै भइसकेको थियो ।
पोखरा रंगशाला हाताभित्र रहेको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक यतिको स्तरीय र चर्चित प्रतियोगिता चलिरहेको थियो । रौनक थियो । चर्चा पनि उस्तै ।
जब भदौ २३ गते काठमाडौंलगायत देशका प्रमुख सहरमा जेनजीको आन्दोलन भयो । पहिलो दिन नै १९ जनाको गोली आक्रमणबाट निधन भएपछि आन्दोलनले देशैभर विकराल रूप लियो । भदौ २४ गते देशभर आगजनी र तोडफोड भयो ।
नेदरल्यान्ड्स, ब्राजिल, अमेरिका, फ्रान्स, थाइल्यान्डलगायत विभिन्न ११ देशका १८ खेलाडी कभर्डहलमा उतार्नु पोखराको सौभाग्य थियो ।
यो आन्दोलन भलिबल खेलाडी बस्ने होटलको रूमसम्म पनि पुग्यो । यही कारण प्रतियोगिता बीचमै स्थगित गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्स यो प्रतियोगिता अहिले निल्नु र ओकल्नुको स्थितमा पुगेको छ । नेदरल्यान्ड्स, ब्राजिल, अमेरिका, फ्रान्स, थाइल्यान्डलगायत विभिन्न ११ देशका १८ खेलाडी कभर्डहलमा उतार्नु पोखराको सौभाग्य थियो । तर, आन्दोलनका कारण यो प्रतियोगिताको फाइनलसहित बाँकी ७ खेल हुने नहुने दोधार छ । आयोजक के गर्ने भन्रे छलफरमै रहेकाे एक पदाधिकारीले बताए ।

विदेशी खेलाडी काठमाडौं आइपुगेर आ-आफ्नो देश फर्किरहेका छन् । उनीहरू अब आउने वा नआउने टुंगो छैन । यता, आयोजकले पनि विदेशी खेलाडीविना प्रतियोगिता सम्पन्न गर्ने खाका तयार पारिरहेको छ । लगत्तै नेपालीको महान् चाड दसैं र तिहार सुरु हुने हुँदा आयोजक यो चाडपछि मात्रै प्रतियोगिता आयोजना गर्ने योजनामा रहेकाे एक क्लबका पदाधिकारीले बताएका छन् ।
जेनजीको आन्दोलनको भएको दिन २३ गते घोषित दुई खेल सम्पन्न भएको थियो । बाँकी खेल पनि गर्ने योजनामा आयोजक थियो । तर, २४ गतेको घटनापछि प्रतियोगिता स्थगित गर्नुपर्ने अवस्थामा आयोजक पुगेको हो ।
काठमाडौं स्पाइकर्स र पोखरा निन्जाजसहित आयोजक पदाधिकारी बसेको सरोबर होटलमा तोडफोडसहित आगजनी भएपछि खेलाडी भाग्नुपर्ने अवस्था सिर्जना भयो । यस्तै साबिक विजेता कर्णाली यश्विस बसेको होटलमा पनि तोडफोड भएको थियो । यता, ललितपुर क्विन्स, मधेश युनाइटेड र लुम्बिनी लाभाजले भने यो परिस्थिति सामना गर्नुपरेन ।
तोडफोडपछि खेलाडीको सामान र पैसा चोरी भएको छ । केही खेलाडीको भने पोसाकमा आगोजनी भएको थियो । ‘अवस्था निकै नाजुक थियो । भोगेर ज्यान बचाइयो । धेरैको सामान हरायो । आगो लगाएपछि सामान नै प्रयोग गर्न नमिल्ने भयो । पैसा पनि चोरी भयो । तर, ज्यान भने बचाइयो,’ एक खेलाडीले खेलाडी डटकमसँग भनिन् ।

यसअघि अघिल्लो वर्ष पहिलो संस्करण काठमाडौंमै सफलतापूर्वक सम्पन्न भएको थियो ।
भदौ २० मा सुरु फ्रेन्चाइज लिगको सुरुका ४ दिनमा ९ खेल सम्पन्न भएको थियो । मात्र ७ खेल बाँकी थियो । लिगमा समान तीन खेल खेलेका साबिक विजेता कर्णाली र उपविजेता ललितपुर क्विन्स फाइनल नजिक पुगिसकेका थिए । ३ खेलेका काठमाडौं र लुम्बिनीको समान ३ अंक छ । लुम्बिनी २ र एक खेल पनि नजितेको पोखरा एक अंकसहित पुछारमा थियो ।
यसअघि अघिल्लो वर्ष पहिलो संस्करण काठमाडौंमै सफलतापूर्वक सम्पन्न भएको थियो ।