माघ २२, २०८२ बिहीबार | ११:३८:५७
नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा
शनिबारको दिन शनिबारको दिन

जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग

काठमाडौं । पर्यटकीय क्षेत्र पोखरा खेलकुदको लागि काठमाडौ उपत्यकापछि सर्वाधिक रुचाइएको स्थल हो । यहाँ फुटबल, आर्चरीसँगै भलिबल खेल आम दर्शकको रोजाइमा पर्ने गर्छ । भलिबलको चर्चा र दर्शक पनि निकै हुने देखेपछि फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामै गर्ने निर्णयमा आयोजक इन्फिनिटी ड्रिम्स पुगेको थियो ।  

अन्तिमसम्म पनि के हुने, कसो हुने हो बीच आयोजक पोखरामै प्रतियोगिता गर्ने निर्णय भएको थियो । भदौ २० देखि प्रतियोगिता सुरु नै भइसकेको थियो । 

पोखरा रंगशाला हाताभित्र रहेको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक यतिको स्तरीय र चर्चित प्रतियोगिता चलिरहेको थियो । रौनक थियो । चर्चा पनि उस्तै ।

जब भदौ २३ गते काठमाडौंलगायत देशका प्रमुख सहरमा जेनजीको आन्दोलन भयो । पहिलो दिन नै १९ जनाको गोली आक्रमणबाट निधन भएपछि आन्दोलनले देशैभर विकराल रूप लियो । भदौ २४ गते देशभर आगजनी र तोडफोड भयो ।

 नेदरल्यान्ड्स, ब्राजिल, अमेरिका, फ्रान्स, थाइल्यान्डलगायत विभिन्न ११ देशका १८ खेलाडी कभर्डहलमा उतार्नु पोखराको सौभाग्य थियो । 

यो आन्दोलन भलिबल खेलाडी बस्ने होटलको रूमसम्म पनि पुग्यो । यही कारण प्रतियोगिता बीचमै स्थगित गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्स यो प्रतियोगिता अहिले निल्नु र ओकल्नुको स्थितमा पुगेको छ । नेदरल्यान्ड्स, ब्राजिल, अमेरिका, फ्रान्स, थाइल्यान्डलगायत विभिन्न ११ देशका १८ खेलाडी कभर्डहलमा उतार्नु  पोखराको सौभाग्य थियो । तर, आन्दोलनका कारण यो प्रतियोगिताको फाइनलसहित बाँकी ७ खेल हुने नहुने दोधार छ । आयोजक के गर्ने  भन्रे छलफरमै रहेकाे एक पदाधिकारीले बताए । 

 एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्दै ललितपुर क्विन्स र लुम्बिनी लाभाज । 

विदेशी खेलाडी काठमाडौं आइपुगेर आ-आफ्नो देश फर्किरहेका छन् । उनीहरू अब आउने वा नआउने टुंगो छैन । यता, आयोजकले पनि विदेशी खेलाडीविना प्रतियोगिता सम्पन्न गर्ने खाका तयार पारिरहेको छ । लगत्तै नेपालीको महान् चाड दसैं र तिहार सुरु हुने हुँदा आयोजक यो चाडपछि मात्रै प्रतियोगिता आयोजना गर्ने योजनामा रहेकाे एक क्लबका पदाधिकारीले बताएका छन् । 

जेनजीको आन्दोलनको भएको दिन २३ गते घोषित दुई खेल सम्पन्न भएको थियो । बाँकी खेल पनि गर्ने योजनामा आयोजक थियो । तर, २४ गतेको घटनापछि प्रतियोगिता स्थगित गर्नुपर्ने अवस्थामा आयोजक पुगेको हो ।

काठमाडौं स्पाइकर्स र पोखरा निन्जाजसहित आयोजक पदाधिकारी बसेको सरोबर होटलमा तोडफोडसहित आगजनी भएपछि खेलाडी भाग्नुपर्ने अवस्था सिर्जना भयो । यस्तै साबिक विजेता कर्णाली यश्विस बसेको होटलमा पनि तोडफोड भएको थियो । यता, ललितपुर क्विन्स, मधेश युनाइटेड र लुम्बिनी लाभाजले भने यो परिस्थिति सामना गर्नुपरेन ।

तोडफोडपछि खेलाडीको सामान र पैसा चोरी भएको छ । केही खेलाडीको भने पोसाकमा आगोजनी भएको थियो । ‘अवस्था निकै नाजुक थियो । भोगेर ज्यान बचाइयो । धेरैको सामान हरायो । आगो लगाएपछि सामान नै प्रयोग गर्न नमिल्ने भयो । पैसा पनि चोरी भयो । तर, ज्यान भने बचाइयो,’ एक खेलाडीले खेलाडी डटकमसँग भनिन् ।

  एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्दै मधेश युनाइटेडका खेलाडी । 

यसअघि अघिल्लो वर्ष पहिलो संस्करण काठमाडौंमै सफलतापूर्वक सम्पन्न भएको थियो ।  

भदौ २० मा सुरु फ्रेन्चाइज लिगको सुरुका ४ दिनमा ९ खेल सम्पन्न भएको थियो । मात्र ७ खेल बाँकी थियो । लिगमा समान तीन खेल खेलेका साबिक विजेता कर्णाली र उपविजेता ललितपुर क्विन्स फाइनल नजिक पुगिसकेका थिए । ३ खेलेका काठमाडौं र लुम्बिनीको समान ३ अंक छ । लुम्बिनी २ र एक खेल पनि नजितेको पोखरा एक अंकसहित पुछारमा थियो ।  

यसअघि अघिल्लो वर्ष पहिलो संस्करण काठमाडौंमै सफलतापूर्वक सम्पन्न भएको थियो ।