काठमाडौं । उज्वेकिस्तानले मंगलबार नेपाली पुरुष टोलीलाई हराउँदै एभिसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा नेपालमाथि उज्वेकिस्तानले २५–१५, २५–१७ र २५–२१ को सोझो सेटमा जित निकाल्यो ।
यसअघि समूह चरणको खेलमा नेपाली टोलीले उज्वकिस्तानलाई १८–२५, २५–२१, २५–२१ र २५–२३ को सेटमा पराजित गरेको थियो । जसको बदला उज्वेकिस्तानले सोझो सेटमा हराउँदै नै लिएको छ ।
यस्तै, श्रीलंकाले महिलातर्फको तेस्रो स्थान हासिल गरेको छ । फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाली राष्ट्रिय महिला भलिबल टोली च्याम्पियन बनेको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
