पुस २१, २०८२ मंगलबार | ११:२१:०२
इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित

उपाधि जित्नेमा आशावादी छौंः कप्तान अरुणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा विपक्षी टोलीलाई कम नआँक्ने बताएकी छन् । साविक विजेतासमेत रहेको नेपाली टोली सतप्रतिशत नतिजा निकाल्दै एभिसी सेन्ट्रल एसियन सिनियर  पुरुष तथा महिला च्यालेन्ज कपको फाइनलमा पुगिसकेको छ । र, मंगलबार हुने फाइनलमा नेपालले उपाधिका लागि उज्वेकिस्तानको सामना गर्नेछ ।

समूह चरणमा नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । यद्यपि, उज्वेकिस्तानको टोली राम्रो भएकाले नेपालले सतर्क भएर खेल्ने कप्तान अरुणाले खेलाडीसँग बताइन् ।

‘हामीले सोचेकोभन्दा पनि विपक्षी टोलीले धेरै राम्रो प्रदर्शन गर्यो । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ,’ उनले भनिन्, ‘ पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं । फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

एक खेल अगावै फाइनल यात्रा तय गरिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार किर्गिस्तानलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंकासँग दुई सेट गुमाए पनि तेस्रो सेटको पुनरागमनले हाम्रो टोलीमा उत्साह जागेको र अपेक्षित नतिजा निकाल्न सफल भएको मुख्य प्रशिक्षक जगदिश भट्टले बताए ।

‘पहिलो खेलमा दुई सेट गुमाएर पनि तेस्रो सेटबाट पुनरागमन गर्दै जित निकालेका थियौं, त्यहीँबाट खेलाडीको मनोबल उच्च भयो । जसका कारण पछिल्ला खेलहरूमा जित हासिल गर्न पनि सजिलो भयो,’ उनले खेलाडीसँग भने, ‘श्रीलंकालाई यसअघि पनि हराएकाले हामी जित्नै पर्ने दबाबमा थियौं ।’

नेपालले पहिलो खेलमा श्रीलंकालाई सुरुआती दुई सेट सुम्पिएको थियो । निर्णायक बन्न सक्ने तेस्रो सेटबाट पुनरागमन गरेको नेपालले त्यसयता एक सेट पनि हारेको छैन । समूह चरणको दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा उज्वेकिस्तान र चौथो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको नेपाल जारी प्रतियोगिताको सबैभन्दा बलियो टोली सावित भएको छ ।


सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा पनि नेपालले अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले फाइलनमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

लिग चरणमा उज्वेकिस्तानलाई सोझो सेटमा नै पराजित गरिसकेको हुनाले फाइनलमा नेपाललाई सहज हुने प्रशिक्षक बताउँछन् ।

‘लिग चरणमा हामीले उनीहरूलाई हराइसकेको हुनाले दबाबमा खेल्छन् । हामीलाई केही सहज होला । तर, उज्वेकिस्तानको टोली नराम्रो भन्न मिल्दैन, सबै खेलाडी अब्बल छन् । उनीहरूलाई हामीले कमजोर आंकलन गरेको छैन,’ उनले खेलाडीसँग भने, ‘यद्यपि हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा आशावादी छु । फाइनलमा सम्हालिएर खेल्नु पर्छ, नतिजा हाम्रै पक्षमा हुनेमा ढुक्क छौं ।’

नेपाल र उज्वेकिस्तानबीचको फाइनल नेपाली समयअनुसार मंगलबार दिउँसो ११ः१५ मा हुनेछ ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA