चैत्र १४, २०८२ शनिबार | ०६:३२:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

उपाधि जित्नेमा आशावादी छौंः कप्तान अरुणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा विपक्षी टोलीलाई कम नआँक्ने बताएकी छन् । साविक विजेतासमेत रहेको नेपाली टोली सतप्रतिशत नतिजा निकाल्दै एभिसी सेन्ट्रल एसियन सिनियर  पुरुष तथा महिला च्यालेन्ज कपको फाइनलमा पुगिसकेको छ । र, मंगलबार हुने फाइनलमा नेपालले उपाधिका लागि उज्वेकिस्तानको सामना गर्नेछ ।

समूह चरणमा नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । यद्यपि, उज्वेकिस्तानको टोली राम्रो भएकाले नेपालले सतर्क भएर खेल्ने कप्तान अरुणाले खेलाडीसँग बताइन् ।

‘हामीले सोचेकोभन्दा पनि विपक्षी टोलीले धेरै राम्रो प्रदर्शन गर्यो । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ,’ उनले भनिन्, ‘ पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं । फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

एक खेल अगावै फाइनल यात्रा तय गरिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार किर्गिस्तानलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंकासँग दुई सेट गुमाए पनि तेस्रो सेटको पुनरागमनले हाम्रो टोलीमा उत्साह जागेको र अपेक्षित नतिजा निकाल्न सफल भएको मुख्य प्रशिक्षक जगदिश भट्टले बताए ।

‘पहिलो खेलमा दुई सेट गुमाएर पनि तेस्रो सेटबाट पुनरागमन गर्दै जित निकालेका थियौं, त्यहीँबाट खेलाडीको मनोबल उच्च भयो । जसका कारण पछिल्ला खेलहरूमा जित हासिल गर्न पनि सजिलो भयो,’ उनले खेलाडीसँग भने, ‘श्रीलंकालाई यसअघि पनि हराएकाले हामी जित्नै पर्ने दबाबमा थियौं ।’

नेपालले पहिलो खेलमा श्रीलंकालाई सुरुआती दुई सेट सुम्पिएको थियो । निर्णायक बन्न सक्ने तेस्रो सेटबाट पुनरागमन गरेको नेपालले त्यसयता एक सेट पनि हारेको छैन । समूह चरणको दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा उज्वेकिस्तान र चौथो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको नेपाल जारी प्रतियोगिताको सबैभन्दा बलियो टोली सावित भएको छ ।


सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा पनि नेपालले अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले फाइलनमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

लिग चरणमा उज्वेकिस्तानलाई सोझो सेटमा नै पराजित गरिसकेको हुनाले फाइनलमा नेपाललाई सहज हुने प्रशिक्षक बताउँछन् ।

‘लिग चरणमा हामीले उनीहरूलाई हराइसकेको हुनाले दबाबमा खेल्छन् । हामीलाई केही सहज होला । तर, उज्वेकिस्तानको टोली नराम्रो भन्न मिल्दैन, सबै खेलाडी अब्बल छन् । उनीहरूलाई हामीले कमजोर आंकलन गरेको छैन,’ उनले खेलाडीसँग भने, ‘यद्यपि हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा आशावादी छु । फाइनलमा सम्हालिएर खेल्नु पर्छ, नतिजा हाम्रै पक्षमा हुनेमा ढुक्क छौं ।’

नेपाल र उज्वेकिस्तानबीचको फाइनल नेपाली समयअनुसार मंगलबार दिउँसो ११ः१५ मा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो