चैत्र ६, २०८२ शुक्रबार | ११:५२:०७
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

उज्वेकिस्तानलाई हराएसँगै नेपाल फाइनल नजिक

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनल नजिक पुगेको छ ।

बंगलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हरायो ।

साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३–२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताका लगातार चौथो जित निकालेको हो ।

प्रतियोगितामा लगातार चौथो जित निकालेको नेपाल चार खेलमा ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालले सोमबार किर्गिस्तानको सामना गर्नेछ । खेल दिउँसो ११ः१५ मा हुनेछ ।

उता उज्वेकिस्तानको जारी प्रतियोगितामा यो पहिलो हार हो । प्रतियोगितामा उज्वेकिस्तानले माल्दिभ्स, बंगलादेश र किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले समान चार खेलमा नौं अंक र श्रीलंकाले १० अंक बनाएको छ ।

सोमबार श्रीलंका र उज्वेकिस्तानको विजेताले फाइनलमा उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ । श्रीलंका र उज्वेकिस्तानको खेल बिहान ९ः१५ मा हुनेछ । भने प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

बिहीबार देखि ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, उज्वेकिस्तान र श्रीलंकाको टोली सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो