चैत्र १४, २०८२ शनिबार | १३:३६:१६
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

माल्दिभ्सविरुद्धको जितपछि प्रशिक्षक भट्ट भन्छन्- स्तरअनुसारको प्रदर्शन अझै भएन

फाइल फोटो ।

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले टोलीको स्तरअनुसार अझै पनि सतप्रतिशत प्रदर्शन नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपअन्तर्गत आफ्नो दोस्रो खेलमा शुक्रबार महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । सोही खेलपछि मुख्य प्रशिक्षक भट्टले जितका बाबजुद टोलीले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

‘हाम्रो खेलको स्तर अनुसार अझै भएको छैन । योभन्दा अझ उच्च प्रदर्शन गर्नुपर्छ, र गर्न सक्छ’ उनले भने, ‘माल्दिभ्स कमजोर टोली थियो । तर सबैले प्रदर्शन गरे । श्रीलंकाविरुद्धको खेलभन्दा आज अलि सन्तुष्ट छु ।’

शुक्रबार माल्दिभ्सविरुद्धको खेलका दौरान प्रशिक्षक भट्ट ।

साविक विजेजा नेपाली टोलीले माल्दिभ्सविरुद्ध दोस्रो रोजाइका खेलाडी शान्ती थारु, कामना विष्टलाई कोर्टमा उतारेको थियो । नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ को सोझो सेटमा पराजित गरेसँगै अपराजित यात्रा कायमै राखेको छ ।

प्रतियोगितामा पहिलो खेल श्रीलंकासँग टोलीले दबाबमा खेलेकाले जितको लागि पाँच सेटसम्म खेल्नु परेको भट्टले बताए ।

नेपालले बिहीबार शक्तिशाली प्रतिद्वन्दी मानिएको श्रीलंकामाथि ३–२ को नतिजा निकालेको थियो ।

‘हिजो पहिलो दिन भएकोले टोलीले दबाबमा खेल्यो । त्यसैले विपक्षी हावी हुँदा पाँच सेट खेलेर जित निकाल्नु पर्यो । अब त्यो स्थितिलाई दोहोरिन दिँदैनौ । उत्कृष्ट प्रदर्शन गर्दै प्रत्येक खेलमा नतिजा आफ्नो पक्षमा पार्न कुनै कसर छोड्दैनौ,’ भट्टले खेलाडीसँग भने ।  

नयाँ खेलाडीको मनोबल उच्च भएकाले पाएको मौकालाई सतप्रतिशत सदुपयोग गर्ने बताए ।

‘नयाँ खेलाडीको मनोबल उच्च छ । उनीहरूले पाएको मौकालाई सतप्रतिशत सदुपयोग गर्छन् र राष्ट्रकोलागि उच्च प्रदर्शन गर्छन् भन्नेमा म विश्वस्त छु,’ उनले भने, ‘नयाँ र पुराना खेलाडीको सन्तुलनले टोली बलियो भएको छ । प्रशिक्षणमा मैले आफ्नोतर्फबाट सतप्रतिशत नै दिएको छु, त्यसलाई कोर्टमा पुष्टि गर्ने काम खेलाडीको हातमा छ ।’

नेपाल भलिबल संघले प्रतियोगिताकोलागि तीन नयाँ खेलाडी कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्दलाई समेट्दै राख्दै टोलीको घोषणा गरेको थियो । तीमध्ये कामना विष्ट र शान्ति थारूले बिहीबार भएको श्रीलंकाविरुद्धको खेलमै डेब्यू गरेका थिए ।

सन् २०१९ मा बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनको पहिलो संस्करणमा ऐतिहासिक स्वर्ण पदक जित्दाका प्रशिक्षणसमेत रहेका भट्टले टोलीको प्रदर्शनलाई माथि ल्याउन हरसम्भव प्रयास गर्ने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो