माघ १८, २०८२ आइतबार | ०१:४५:५२
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

माल्दिभ्सविरुद्धको जितपछि प्रशिक्षक भट्ट भन्छन्- स्तरअनुसारको प्रदर्शन अझै भएन

फाइल फोटो ।

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले टोलीको स्तरअनुसार अझै पनि सतप्रतिशत प्रदर्शन नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपअन्तर्गत आफ्नो दोस्रो खेलमा शुक्रबार महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । सोही खेलपछि मुख्य प्रशिक्षक भट्टले जितका बाबजुद टोलीले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

‘हाम्रो खेलको स्तर अनुसार अझै भएको छैन । योभन्दा अझ उच्च प्रदर्शन गर्नुपर्छ, र गर्न सक्छ’ उनले भने, ‘माल्दिभ्स कमजोर टोली थियो । तर सबैले प्रदर्शन गरे । श्रीलंकाविरुद्धको खेलभन्दा आज अलि सन्तुष्ट छु ।’

शुक्रबार माल्दिभ्सविरुद्धको खेलका दौरान प्रशिक्षक भट्ट ।

साविक विजेजा नेपाली टोलीले माल्दिभ्सविरुद्ध दोस्रो रोजाइका खेलाडी शान्ती थारु, कामना विष्टलाई कोर्टमा उतारेको थियो । नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ को सोझो सेटमा पराजित गरेसँगै अपराजित यात्रा कायमै राखेको छ ।

प्रतियोगितामा पहिलो खेल श्रीलंकासँग टोलीले दबाबमा खेलेकाले जितको लागि पाँच सेटसम्म खेल्नु परेको भट्टले बताए ।

नेपालले बिहीबार शक्तिशाली प्रतिद्वन्दी मानिएको श्रीलंकामाथि ३–२ को नतिजा निकालेको थियो ।

‘हिजो पहिलो दिन भएकोले टोलीले दबाबमा खेल्यो । त्यसैले विपक्षी हावी हुँदा पाँच सेट खेलेर जित निकाल्नु पर्यो । अब त्यो स्थितिलाई दोहोरिन दिँदैनौ । उत्कृष्ट प्रदर्शन गर्दै प्रत्येक खेलमा नतिजा आफ्नो पक्षमा पार्न कुनै कसर छोड्दैनौ,’ भट्टले खेलाडीसँग भने ।  

नयाँ खेलाडीको मनोबल उच्च भएकाले पाएको मौकालाई सतप्रतिशत सदुपयोग गर्ने बताए ।

‘नयाँ खेलाडीको मनोबल उच्च छ । उनीहरूले पाएको मौकालाई सतप्रतिशत सदुपयोग गर्छन् र राष्ट्रकोलागि उच्च प्रदर्शन गर्छन् भन्नेमा म विश्वस्त छु,’ उनले भने, ‘नयाँ र पुराना खेलाडीको सन्तुलनले टोली बलियो भएको छ । प्रशिक्षणमा मैले आफ्नोतर्फबाट सतप्रतिशत नै दिएको छु, त्यसलाई कोर्टमा पुष्टि गर्ने काम खेलाडीको हातमा छ ।’

नेपाल भलिबल संघले प्रतियोगिताकोलागि तीन नयाँ खेलाडी कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्दलाई समेट्दै राख्दै टोलीको घोषणा गरेको थियो । तीमध्ये कामना विष्ट र शान्ति थारूले बिहीबार भएको श्रीलंकाविरुद्धको खेलमै डेब्यू गरेका थिए ।

सन् २०१९ मा बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनको पहिलो संस्करणमा ऐतिहासिक स्वर्ण पदक जित्दाका प्रशिक्षणसमेत रहेका भट्टले टोलीको प्रदर्शनलाई माथि ल्याउन हरसम्भव प्रयास गर्ने बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।