माघ १७, २०८२ शनिबार | १३:४३:०८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

माल्दिभ्सविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रन्छौः भट्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा शुक्रबार माल्दिभ्सविरुद्व उच्च मनोबलका साथ कोर्टमा उत्रिने बताएका छन् ।

बंगलादेशको ढाकामा बिहीवार देखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

श्रीलंकाविरुद्व जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

’श्रीलंकाविरुद्व जिते पनि म टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन,’ उनले खेलाडीसँगको कुराकानीमा भने, ’माल्दिभ्सविरुद्व टोली उच्च मनोबलका साथ कोर्टमा उत्रिएर जित हात पार्नेछ । हामीले खेल जित्ने मात्र हैन, सम्पुर्ण नेपालीको मन जित्ने प्रदर्शन गर्नेछौ ।’

ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा श्रीलंकाविरुद्ध सुरुआती दुई खेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमनमा त्यसपछि लगातार तीन सेट जित्दै खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।

आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यका साथ कोर्टमा उत्रिने नेपाली टोलीमा माल्दिभ्सविरुद्व युवा खेलाडीलाई मौका दिने योजना रहेको भट्टले बताए ।

 नेपाल र माल्दिभ्सको खेल दिउँसो ११ः१५ मा हुनेछ ।

शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । 

पहिलो खेलमा नेपाल बिहीबार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

खेल साँझ ५ः४५ मा हुनेछ ।

राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा महिला र पुरुता दुवै विधातर्फ लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल प्रवेश गर्नेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।