चैत्र ५, २०८२ बिहीबार | १५:२८:०२
आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

माल्दिभ्सविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रन्छौः भट्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा शुक्रबार माल्दिभ्सविरुद्व उच्च मनोबलका साथ कोर्टमा उत्रिने बताएका छन् ।

बंगलादेशको ढाकामा बिहीवार देखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को जित हात पारेको थियो ।

श्रीलंकाविरुद्व जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

’श्रीलंकाविरुद्व जिते पनि म टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन,’ उनले खेलाडीसँगको कुराकानीमा भने, ’माल्दिभ्सविरुद्व टोली उच्च मनोबलका साथ कोर्टमा उत्रिएर जित हात पार्नेछ । हामीले खेल जित्ने मात्र हैन, सम्पुर्ण नेपालीको मन जित्ने प्रदर्शन गर्नेछौ ।’

ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा श्रीलंकाविरुद्ध सुरुआती दुई खेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमनमा त्यसपछि लगातार तीन सेट जित्दै खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।

आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यका साथ कोर्टमा उत्रिने नेपाली टोलीमा माल्दिभ्सविरुद्व युवा खेलाडीलाई मौका दिने योजना रहेको भट्टले बताए ।

 नेपाल र माल्दिभ्सको खेल दिउँसो ११ः१५ मा हुनेछ ।

शुक्रबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । 

पहिलो खेलमा नेपाल बिहीबार आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

खेल साँझ ५ः४५ मा हुनेछ ।

राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा महिला र पुरुता दुवै विधातर्फ लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल प्रवेश गर्नेछन् ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं