मंसिर १६, २०८२ मंगलबार | ०७:०३:२६
नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

एभिसी सेन्ट्रल जोन: पुरुष टोली बंगलादेशसँग सोझो सेटमा पराजित

काठमाडौं । स्पाइक, ब्लक र रिसिभमा निरीह देखिएको नेपाली पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।

बिहीबार सहिद सुरावर्दी कर्भडहलमा बलियो देखिएको घरेलु टोलीले सम्हालिन नसकेको नेपालविरुद्ध २५-१७, २५-१७ र २५-१८ को सहज जित निकाल्यो ।

सुरुआतदेखि नै खराब प्रदर्शन गरेको नेपाल रिभिस, स्पाइक, ब्लकलगायत सबै पक्षमा निरीह देखिएको थियो । प्रतियोगिताका लागि पुरुष टोलीले नेदरल्यान्डका मुख्य प्रशिक्षक हान एबिङको नेतृत्वमा एक महिनादेखि तयारी गरेको थियो ।

प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित बंगलादेशको ढाका पुगेको नेपाली टोली पहिलो खेलमै पराजित भएसँगै पदक आशा कमजोर बनेको छ ।

लामो समय कोर्ट बाहिर रहेका  ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र मिडिल ब्लकर भैरव बमले आजको खेलमार्फत पुनरागमन गरे पनि प्रभावशाली प्रदर्शन गर्न भने सकेनन् ।

मान बहादुरले दुई वर्ष र भैरवले तीन वर्षपछि पुन: देशको प्रतिनिधित्व गर्ने मौका पाएका हुन् । डच प्रशिक्षक एबिङको नेतृत्वमा रहेको नेपाली टोलीले आफ्नो दोस्रो खेलमा शुक्रबार उज्वेकिस्तानसँग खेल्नेछ ।

बिहीबार नै भएको खेलमा श्रीलंकालाई ३-२ मा पराजित गर्दै महिला टोलीले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । महिला टोलीले भोलि माल्दिभ्ससँग खेल्ने छ ।

राउन्ड रोबिन पद्दतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE