चैत्र ८, २०८२ आइतबार | २०:३६:२३
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको ट्रफी ।

काठमाडौं । नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता, एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको ट्रफी सार्वजनिक भएको छ ।

आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले राजधानीको सोल्टीमोडस्थित हायात प्यालेसमा एक कार्यक्रम आयोजना गर्दै ट्रफी सार्वजनिक गर्याे ।

ट्रफीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र हादुर चन्द, लिगका प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईँ, भलिबल संघका महासचिव रोशन श्रेष्ठ र मुख्य प्रायोजक वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले संयुक्त रुपमा अनावरण गरेका थिए ।

आयोजकले भलिबल खेलको सारलाई समेट्ने गरी ट्रफी डिजाइन गरिएको बताएको छ । ट्रफीमा खेलाडीको हातले बललाई हानिरहेको देखिन्छ । ट्रफीलाई थप सुन्दर बनाउन गुलाबी रंगका क्रिस्टल गरिएको छ । गुलाबी रंगका क्रिस्टलहरुले महिला भलिबलको शक्ति र अनुग्रहलाई झल्काउने आयोजकले बताएको छ ।

प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा कूल ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि आयोजकले यसअघि नै ६ फ्रेन्चाइज टोलीको घोषणा गरिसकेको छ ।

जसअनुसार मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सहभागी सबै ६ टोलीले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् । गण्डकीले सरस्वती चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा अनुबन्ध गर्दा काठमाडौंले उषा भण्डारी, मधेशले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी तथा चितवनले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ ।

प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ ।

चितवन र मधेशले आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् । चितवनले अजरबैजानकी केसेनिया पावलेन्को र दुई भारतीय खेलाडी सूर्या र केपी अनुश्रीलाई अनुबन्ध गरेको छ ।

त्यस्तै मधेशले भारतीय जिनी कोभात, ट्युनिसियाकी योस्रा जेरामदिनी र काजकिस्तानी स्पाइकर कालिनोभा यभजिनियालाई अनुबन्ध गरेको छ ।

गण्डकीले रसियन खेलाडी एलिसा रुबियकलाई अनुबन्ध गर्दा अन्य टोलीले आफ्ना विदेशी खेलाडीलाई सार्वजनिक गरेको छैन ।

इडब्ल्युभिएलको ट्रफी टुर हुने

देशका विभिन्न क्षेत्रका फ्यानहरुले ट्रफीलाई नजिकबाट अवलोकन गर्न पाउन भन्ने उद्धेश्यका साथ आयोजकले ट्रफी टुर गर्ने भएको छ । आयोजकले प्रतियोगिताको पहिलो संस्करण भएकाले भलिबलको उत्साह र फ्यानवेशको सृजना गर्न टुर गर्न लागेको बतायो । टुर यही असोज १ देखि १२ गतेसम्म चल्नेछ । ट्रफीलाई असोज १ गते कर्णाली, ४ गते मधेश, ७ गते चितवन, ९ गते गण्डकी, ११ गते ललितपुर र १२ गते काठमाडौं ल्याइनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो