माघ १६, २०८२ शुक्रबार | १९:१०:५०
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको ट्रफी ।

काठमाडौं । नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता, एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको ट्रफी सार्वजनिक भएको छ ।

आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले राजधानीको सोल्टीमोडस्थित हायात प्यालेसमा एक कार्यक्रम आयोजना गर्दै ट्रफी सार्वजनिक गर्याे ।

ट्रफीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र हादुर चन्द, लिगका प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईँ, भलिबल संघका महासचिव रोशन श्रेष्ठ र मुख्य प्रायोजक वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले संयुक्त रुपमा अनावरण गरेका थिए ।

आयोजकले भलिबल खेलको सारलाई समेट्ने गरी ट्रफी डिजाइन गरिएको बताएको छ । ट्रफीमा खेलाडीको हातले बललाई हानिरहेको देखिन्छ । ट्रफीलाई थप सुन्दर बनाउन गुलाबी रंगका क्रिस्टल गरिएको छ । गुलाबी रंगका क्रिस्टलहरुले महिला भलिबलको शक्ति र अनुग्रहलाई झल्काउने आयोजकले बताएको छ ।

प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा कूल ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि आयोजकले यसअघि नै ६ फ्रेन्चाइज टोलीको घोषणा गरिसकेको छ ।

जसअनुसार मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सहभागी सबै ६ टोलीले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् । गण्डकीले सरस्वती चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा अनुबन्ध गर्दा काठमाडौंले उषा भण्डारी, मधेशले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी तथा चितवनले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ ।

प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ ।

चितवन र मधेशले आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् । चितवनले अजरबैजानकी केसेनिया पावलेन्को र दुई भारतीय खेलाडी सूर्या र केपी अनुश्रीलाई अनुबन्ध गरेको छ ।

त्यस्तै मधेशले भारतीय जिनी कोभात, ट्युनिसियाकी योस्रा जेरामदिनी र काजकिस्तानी स्पाइकर कालिनोभा यभजिनियालाई अनुबन्ध गरेको छ ।

गण्डकीले रसियन खेलाडी एलिसा रुबियकलाई अनुबन्ध गर्दा अन्य टोलीले आफ्ना विदेशी खेलाडीलाई सार्वजनिक गरेको छैन ।

इडब्ल्युभिएलको ट्रफी टुर हुने

देशका विभिन्न क्षेत्रका फ्यानहरुले ट्रफीलाई नजिकबाट अवलोकन गर्न पाउन भन्ने उद्धेश्यका साथ आयोजकले ट्रफी टुर गर्ने भएको छ । आयोजकले प्रतियोगिताको पहिलो संस्करण भएकाले भलिबलको उत्साह र फ्यानवेशको सृजना गर्न टुर गर्न लागेको बतायो । टुर यही असोज १ देखि १२ गतेसम्म चल्नेछ । ट्रफीलाई असोज १ गते कर्णाली, ४ गते मधेश, ७ गते चितवन, ९ गते गण्डकी, ११ गते ललितपुर र १२ गते काठमाडौं ल्याइनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।