चैत्र १४, २०८२ शनिबार | १३:२४:०६
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज

काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) मा नेपाली स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरी आबद्ध रहेको टोली इस्लामाबाद युनाइटेडको पहिलो खेल आज(शनिबार) रहेको छ ।

इस्लामाबादले यस सिजनको पहिलो खेलमा पुर्व च्याम्पियन मुल्तान सुल्तानको सामना गर्दैछ । इस्लामाबाद र मुल्तानबीचको खेल शनिबार बेलुका ७ः४५ मा लाहोरमा सुरु हुदैछ ।

पिएसएलको गत सिजनमा तेस्रो भएको इस्लामाबाद पहिलो खेलमा मुल्तानलाई हराउँदै सुखद सुरुवातको लक्ष्यमा छ । मुल्तान गत सिजन लिगको अन्तिम स्थानमा रहेको थियो ।

दीपेन्द्रको यो तेस्रो विदेशी लिगमा अनुबन्धन भएको हो । यसअघि दीपेन्द्र क्यानडाको क्रिकेट ग्लोबल ट्वान्टी २० लिगमा खेलेका थिए । भने, युएईमा हुने आइएल ट्वान्टी २० लिगमा अनुबन्ध भए पनि खेल्ने मौका भने पाएका थिएनन् ।

यस पटक इस्लामाबादले अक्सनबाट करिब रु. ३१ लाखमा अक्सनमार्फत अनुबन्ध भएका हुन् । पिएसएलको खेलमा टिमले बढिमा ४ विदेशी खेलाडी खेलाउन पाउने नियम रहेको छ ।

इस्लामाबादको टोलीमा दीपेन्द्रसहित आन्द्रेस गाउस, डेभन कन्वे, रिचार्ड ग्लेसन, मार्क च्यापम्यान र क्रिस ग्रिन रहेका छन् । यि मध्ये अन्तिम ४ मा दीपेन्द्रले आफ्नो नाम बनाउँनसक्छन् या सक्दैनन् त्यो भने ७ः१५ बजे थाहा हुन्छ ।

दीपेन्द्रको टोलीमा शाडब खान कप्तान रहदा फहिम असरफ तथा इमाद वासिम जस्ता पाकिस्तानी खेलाडी रहेका छन् । मुल्तान भने स्टिभ स्मिथको कप्तानीमा खेल्दैछ ।

शनिबारै हुने अर्को पिएसएल खेलमा पेशाबर जाल्मी र रावलपिण्डी पिण्डीजबीच दिउँसो ३ः१५ मा खेल हुदैछ । पेशाबर बाबर आजम र रावलपिण्डी मोहम्मद रिजवानको कप्तानीमा खेल्दैछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो