आश्विन १२, २०८१ शनिबार | ०७:१६:१०
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

सूर्या चितवनमा अनुबन्ध

सूर्या,फाइल तस्विर ।

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज टोली चितवन शक्तिले भारतीय खेलाडी सूर्यालाई अनुबन्ध गरेको छ ।

मिडल ब्लकार सूर्याको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले गत महिना घरेलु टोली नेपाललाई ३-२ को सेटमा पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि जितेको थियो ।

यसैगरी सूर्यासँग बुटवलको एभरेस्ट भलिबल क्लबबाट एनभिए क्लब च्याम्पियनसिप र लिग खेलको अनुभव छ ।

सूर्याको उत्कृष्ट प्रदर्शनमा एभरेस्टले क्लब च्याम्पियनसिपको उपाधि जित्दा लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो । उनी च्याम्पियनसिपमा उत्कृष्ट स्पाइकर र लिगमा उत्कृष्ट ब्लकर चुनिएकी थिइन् ।

यससँगै चितवनले विदेशी कोटा पूरा गरेको छ । यसअघि क्लबले अजरबैजानकी केसेनिया पावलेन्को र भारतकी केपी अनुश्रीसँग सम्झौता गरेको थियो ।

निम्बुस ग्रुपको स्वामित्वमा रहेको चितवनको मार्की खेलाडीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही छिन् ।

यसैगरी चितवनले मुख्य प्रशिक्षकको जिम्मेवारी अर्जुन घिमिरेलाई दिएको छ ।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउने छन् ।

अब चितवनले ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

चितवनको टिमः
अरुणा शाही, सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, केसेनिया पाभलेन्को, केपी अनुश्री, सूर्या 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024