माघ २, २०८१ बुधबार | ११:३१:५१
ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल

चितवनले भित्र्यायो विदेशी खेलाडी

केसेनिया पाभलेन्को, फाइल तस्विर ।

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग(इडब्ल्युभिएल)को फ्रेन्चाइज टोली चितवन शक्तिले पहिलो विदेशी खेलाडीको रूपमा अजरबैजानकी केसेनिया पावलेन्कोलाई अनुबन्ध गरेको छ ।

३१ वर्षीय अपोजिट हिटर पावलेन्को राष्ट्रिय टोलीकी नियमित सदस्य हुन् ।उनले अजरबैजानका लागि पछिल्लो पटक गत वर्ष युरोपियन भलिबल च्याम्पियनसिप खेलेकी थिइन् । 

पावलेन्को अजररेल बाकुबाट व्यवसायीय भलिबल खेलिरहेकी छन् ।

निम्बुस ग्रुपको स्वामित्वमा रहेको चितवनको मार्की खेलाडीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही छिन् । 

यसैगरी चितवनले मुख्य प्रशिक्षकको जिम्मेवारी अर्जुन घिमिरेलाई दिएको छ ।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउने छन् ।

अब चितवनले दुई विदेशी र ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

चितवनको टिमः
अरुणा शाही, सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, केसेनिया पाभलेन्को


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO