काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जगदीश भट्टलाई भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
२०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यसअघिका मुख्य प्रशिक्षक प्रज्वलमान सिंह उमेर हदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।
यसैगरी पूर्ण योञ्जनले तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यसअघि नविन श्रेष्ठले मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले आइतबार दुवैलाई नियुक्ति पत्र हतास्तरण गरे ।