काठमाडौं। एभरेस्ट महिला भलिबल लिगका फ्रेन्चाइज टोली तथा प्रशिक्षक घोषणा भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरूको बैठकले आपसी समझदारीमा ड्राफबाट खेलाडी छानेको जानकारी दियो ।
प्रत्येक टोलीमा ग्रेड ‘ए’ का एक, ‘बी’ का चार र ‘सी’ का तीन खेलाडी छन् । यसैगरी प्रत्येक टोलीले तीन विदेशी तथा ट्यान्ड हन्टबाट एक खेलाडी समावेश गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सरस्वती चौधारी गण्डकी, उषा भण्डारी काठमाडौं, निरुता ठगुन्ना मधेश, अरुणा शाही चितवन, सुमित्रा रेग्मी कर्णाली र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडीमा रूपमा छन् ।
यसैगरी महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले काठमाडौं, कुमार राईले कर्णाली, भरत यादवले मधेश, उत्सव खड्काले ललितपुर, अर्जुन घिमिरेले चितवन र रुपेशकुमार विष्टले गण्डकीको जिम्मेवारी सम्हाल्ने छन् ।
यस्ता छन् फ्रेन्चाइज टोली