काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता टोलीलाई नेपाल सरकारले नगद पुरस्कार प्रदान गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गर्यो ।
यस्तै प्रशिक्षकले २ लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पुरस्कारका लागि सिफारिस गरेको थियो ।
साउन १७ देखि २३ सम्म त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग पराजित हुँदा नेपाल उपाधिबाट बञ्चित भएको थियो ।
प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सको सहभागिता थियो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO