काठमाडौं । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कोकिवन) बाट तेक्वान्दोको सेकेन्ड क्लास मास्टर्स डिग्री हासिल गरेका छन्। क्षेत्री १५० जना प्रशिक्षार्थीमा उत्कृष्ट बनेका थिए ।
गत बैसाखमा उनले छैटौँ डान डिग्री प्राप्त गरेका थिए । यससँगै उनी अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न योग्य भएका छन् ।
तेक्वान्दोमा पुर्याएको योगदानको कदरस्वरुप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसकेका छन् । यसैगरी, कोरियाली सरकारले उहाँलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो ।
लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खलाडीका रुपमा विश्व वरीयताको जि टु प्रतियोगिता कोरिया ओपनमा रजत पदक पनि जितेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
