काठमाडौं । लामो समयदेखि निर्वाचन हुन नसकेको अखिल नेपाल टेबल टेनिस संघको निर्वाचत भदौ ८ मा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) निर्वाचन समितिले विज्ञापन जारी गर्दै लैनचौरको प्रशिक्षण केन्द्रमा बिहान ९ बजे निर्वाचन हुने जनाएको छ ।
लामो समयदेखि निर्वाचन नभएको र संघ नविकरण पनि नभएपछि राखेपले पुरानो संघलाई ०८० सालमा खारेज गरेको थियो । त्यसपछि तदर्थसमिति गठन भएको छ ।
वर्तमान अध्यक्ष चतुरानन्द राजवैद्य नै अध्यक्षको प्रत्यासी हुन् । उनी थप एक कार्यकाल दोहोरिने योजनामा छन् ।
यसअघि राखेपले ०८० साउन ३१ गते तदर्थ समिति बनाइएको थियो । ०८१ साउन १३ गते (आइतबार) बसेको निर्वाचन समितिले निर्वाचनको मिति तय गरेको हो ।
निर्वाचनमा जिल्ला र प्रदेशसँगै केन्द्रिय कार्यसमितिले मताधिकार पाएका छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO