कार्तिक ७, २०८२ शुक्रबार | ०१:०६:४९
काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित

पौडीमा अकल र जेनिशालाई स्वर्ण

ह्विलचियर २५ मिटर फ्रि स्टायलको पुरुषमा पदक विजेता

काठमाडौं । अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।

ह्विलचियरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा अकलले निर्धारित दूरी पूरा गर्न १८.६७ सेकेन्ड खर्चिए। विराज भाट दोश्रो तथा विष्णुपुकार श्रेष्ठ तेश्रो  भए ।

जेनिशाले निर्धारित दूरी तय गर्न ३४.४४ सेकेन्ड लगाइन् । जुनु शाही दोश्रो तथा संगिता माझी तेश्रो स्थान हासिल गरेक छन् ।

ह्विलचियर २५ मिटर फ्रि स्टायलको महिलामा पदक विजेता
 

जोरपाटीस्थित पिस क्लबमा भएको प्रतियोगिताको पुरुष स्टेन्डिङ २५ मिटर फ्रि स्टायलमा हर्कमान घर्तीमगरले १९.३२ सेकेन्डका साथ स्वर्ण जिते । लिङजेन लामाले रजत तथा रमेश खत्रीले कांस्य पदक हात पारेका छन् ।

सो स्पर्धाको महिलामा डा. समना गैरे पहिलो भइन् । समनाले १९.८८ सेकेन्डमा दूरी तय गरिन् । मन्नु चौधरी दोश्रो तथा पार्वती खत्री तेश्रो भए ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

एक दिने प्रतियोगितामा ३० खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अघिल्लो दिन बुधबार ५० खेलाडीलाई प्रशिक्षण गराइएको थियो । 

प्रशिक्षणमा समावेश खेलाडी मध्येबाट प्रतियोगिताका लागि ३० खेलाडी छनोट गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain