काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा बुधबार नेपालका नासिरयाहा हुसेन र डुवाना लामा हिट चरणबाटै बाहिरिएका छन् ।
पुरुष २ सय मिटर फ्रिस्टायलको हिट-२ मा प्रस्तिपर्धा गरेका नासिर सातौं स्थानमा रहे । ८ खेलाडी सहभागी यो हिटमा नासिरले २ मिनेट १४ सेकेन्डको समय निकाले ।
उज्वेकिस्तानका इगोर पिटरकोभले १ मिनेट ५२ सकेन्डका साथ शीर्ष स्थान कब्जा गरे ।
यसैगरी महिला १ सय मिटर ब्रेस्टस्ट्रोकको हित-१ मा डुवाना अन्तिम स्थानमा रहिन् । ८ खेलाडी रहेको यो स्पर्धामा निर्धारित दुरी पार गर्न डुवानाले १ मिनेट २०.१५ सकेन्ड लगाइन् ।
चीनकी चेङ्ग याङ्ग १ मिनेट ७.६६ सेकेन्डको समयसहित शीर्ष स्थानमा रहिन् ।
यसअघि डुवाना २ सय मिटर फ्रि-स्टाइल तथा अनुशिया तेन्डुकार १ सय मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
