काठमाडौं । डेनमार्कमा आयोजना हुने डाना कपमा नेपाली रेफ्री लक्ष्मी श्रेष्ठले रेफ्रीकोे भूमिका निर्वाह गर्ने भएकी छन् ।
प्रतियोगिताको लागि एन्फा राष्ट्रिय रेफ्री लक्ष्मी शनिबार नै त्यसतर्फ प्रस्थान गरेकी छन् । उनी लगातार चौथो पटक डाना कप खेलाउँदै छिन् ।
अघिल्ला वर्षमा जस्तै यस पटक पनि नेपालबाट ठूलो सहभागिता रहने पक्का भएको छ । औरियम एकेडेमीको नेतृत्वमा नेपालका तीन टोलीले सहभागिता जनाउने पक्का भइसकेको छ । यस्तै रातो बंगला स्कुलका यु-१२ पुरुष र यु-१४ महिला तथा संस्कृति इन्टरनेसनल स्कुल र काष्ठमण्डप विधलायको यु-१४ तथा लुम्बिनी फुटबल एकेडेमीको यु-१६ पुरुष टिम सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा ९० प्रतिशत भन्दाबढी टोली विदेशी रहने आयोजकले जनाएको छ । युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।
डाना कप सन् १९८२ देखि सुरु भएको हो ।