काठमाडौं । गालातासारेले युइएफए च्याम्पियन्स लिगमा मंगलबार लिभरपुलविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै दुई खेलमा तीन अंक जोडेको गालातासारे १८औं स्थानमा छ । पराजित लिभरपुल समान खेलबाट तीन अंकका साथ १६औं स्थानमा छ ।
राम्स पार्कमा भिक्टर आसिम्हेनले गरेको एकमात्र गोल घरेलु टोली गालातासारेलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलकको १६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
लिग अन्तर्गत मंगलबार नै सम्पन्न अन्य खेलमा चेल्सीले बेन्फिकालाई १-०, मार्सेले आयाक्सलाई ४-०, इन्टर मिलानले साल्भिया प्राहलाई ३-०, एट्लेटिको मड्रिडले आइन्ट्राक्ट फ्रान्कफर्ट तथा बायर्न म्युनिखले पाफोसलाई समान ५-१ र रियाल मड्रिडले एफसी कैरातलाई ५-० ले पराजित गरे । यसैगरी टोटनहम र बाडो गिल्मटले २-२ को बराबरी खेले ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll