काठमाडौं । शनिबारबाट सुरु भएको पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिपमा आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालय, अन्नपुर्ण मावि, त्रियोग हाई स्कुल र स्वस्तीश्री गुरुकुलले राम्रो सुरुआत गरेका छन् ।
तीन दिने प्रतियोगितामा यु-११, यु-१३ र यु-१५ छात्र तथा छात्रा, तीन अलग-अलग समूहमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक एवं सीम तथा एफटी केशव श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । च्याम्पियनसिपमा आइतबार तेस्रो, चौथो र पाचौं चरणका खेल हुनेछन् ।
नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा प्रत्येक समुहका उत्कृष्ट १० खेलाडीलाई प्रमाणपत्र र पदक दिइने विद्यालयका अध्यक्ष महेश श्रेठले जानकारी दिए ।
शीर्ष तीन टोलीलाई ट्रफी पनि प्रदान गरिनेछ । प्रतियोगितामा सिक्किमबाट ३५ सहित २५० खेलाडीको सहभागिता छ ।