काठमााडौं । ज्ञानोदय बालवाटिका आयोजक रेडियन्ट पब्लिक र सेब १०औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
मंगलबार सम्पन्न प्रतियोगितामा ज्ञानोदयले सिनियर ब्वाइज, रेडियन्टले सिनियर गर्ल्स र सेबले जुनियर ब्वाइजतर्फको उपाधि जिते ।
स्युचाटारस्थित रेडियन्टको कार्टमा सिनियर ब्वाइज फाइनलमा ज्ञानोदयले एलआरआइलाई ४२-३३ ले पराजित गर्यो । ज्ञानोदयका दिपेश शाहीले १७ अंक जोडे ।
यस्तैसिनियर गर्ल्सको उपाधि भिडन्तमा रेडियन्टले स्वर्णिमलाई ३३-२१ ले हरायो । रेडियन्टकी दिव्यान्शा कार्कीले २३ अंक जोडिन् ।
भएको जुनियर ब्वाइजको फाइनलमा सेबले कश्यपलाई १७-१२ ले पराजित गर्यो । सेबका जीवन खत्रीले पाँ स्कोर गरे ।
सिनियर ब्वाइजमा ज्ञानोदयका दीपेश, गर्ल्समा रेडियन्टकी दिव्यान्शा र जुनियर ब्वाइजमा सेबका युविन तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
सिनियर ब्वाइजमा युगान्ता, सिनियर गर्ल्समा श्री नवीन ज्योति र जुनियर ब्वाइजमा बौद्ध चिल्ड्रेन हेभेन अनुशासित टिम ठहरिए ।
विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, रेडियन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभाकृष्ण पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, केन्द्रीय प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यलगायतले पुरस्कृत गरे ।
मंसिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गर्ल्समा समान १२ गरि ४८ टिम सहभागी थिए ।