चैत्र ६, २०८२ शुक्रबार | १३:५०:२२
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

ब्रिटिस कप फुट्सलको उपाधि आइएसएमटीलाई

उपाधिका साथ विजेता टोली ।

काठमाडौं । आइएसएमटी कलेजले मंगलबार फाइनलमा थेम्स कलेजलाई पराजित गर्दै पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजको आयोजनामा तीन दिन चलेको प्रतियोगिताको फाइनलमा आइएसएमटीले पेनाल्टी सुटआउटमा जित हासिल गरेको थियो ।

प्रतियोगितामा विजेता आइएसएमटीका रुपेश गिरी सर्वाधिक गोल गर्न सफल भए भने सनम घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । उपविजेता थेम्सका मिलन गोदार थापाले भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जिते । यसैगरी नाथम कलेजले फेयर प्ले अवार्ड पायो ।

प्रतियोगिताको विजेता आइएसएमटीले पुरस्कारस्वरुप उपाधिसँगै १ लाख रुपैयाँ नगद प्राप्त गर्दा उपविजेता थेम्सले ५० हजार रुपैयाँ नगद पुरस्कार पायो । यसैगरी व्यक्तिगत विधामा उत्कृष्ट घोषित हुने मिलन, रुपेश र सनम तथा फेयर प्लेको अवार्ड पाएको नाथमलाई १० हजार रुपैयँका दरले पुरस्कृत गरियो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी गोलकिपर विशाल श्रेष्ठले प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट घोषित खेलाडीहरुलाई पुरस्कृत गरे ।

लिगकम नकआउट प्रणालीमा प्रतियोगिताको उपाधिका लागि विभिन्न कलेजका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा च्याम्पियन आइएसएमटी कलेज र उपविजेता थेम्स कलेजसँगै आयोजक ब्रिटिस कलेजको ह्वाइट र ब्लु गरि दुुई टिमले भाग लिएका थिए ।

यसैगरी सनवे कलेज, काठमाडौं विश्वविद्यालयको ‘बी’ टिम, द वेस्टमिन्स्टर कलेज, आइआइएमएस कलेज, न्याथम कलेज, सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज, प्राइम कलेज, भेदास कलेज, ब्रिटिस प्रोफेशनल कलेज, एपेक्स कलेज र टेक्सपायरको सहभागिता थियो ।

प्रतियोगितालाई हस्पिटालिटी पार्टनरका रुपमा गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनरका रुपमा ह्याम्स हस्पिटल, ट्राभल पार्टनरका रुपमा स्वा होलिडेज, र प्रिन्टिङ पार्टनरका रुपमा हलफ्याक्सले सघाएका थिए ।

विजेतालाई पुरस्कृत गर्ने क्रममा कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले लगातार पाँच संस्करणसम्म प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सकेकोमा खुसी व्यक्त गर्दै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

आयोजक ब्रिटिस कजेलका मार्केटिङ प्रमूख अमरदीप मण्डलले प्रतियोगिताका सहभागी तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । त्यस्तै कलेजका अतिरिक्त कृयाकलाप संयोजक सुदीप भट्टराईले आगामी संस्करण अझै भव्य रुपमा सम्पन्न गर्ने बताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो