चैत्र ८, २०८२ आइतबार | १८:५५:२३
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

जोकोभिचले अस्ट्रेलियन ओपन नखेल्ने उनका पिताको विश्वास

पेरिस । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले जनवरीमा हुने अस्ट्रेलियन ओपनमा सहभागिताका लागि अनिवार्य खोप लगाएको हुनुपर्ने नियमका कारण उपाधि रक्षाको प्रयास नगर्ने उनका पिता सर्डजानले बताएका छन् ।

जनवरी १७ मा मेलबर्नमा सुरु हुने प्रतियोगितामा सहभागिताका लागि खेलाडीले कोभिड १९ विरुद्धको खोप लगाएकै हुनुपर्ने नियम आयोजकले हालै सार्वजनिक गरेको थियो ।

गत वर्ष मेलबर्नमा कीर्तिमानी नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका जोकोभिचले अझैसम्म सार्वजनिक रुपमा उपाधि रक्षाको प्रयास गर्ने की नगर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनी अनिवार्य खोपको नियमको विपक्षमा छन् । उनको विचारमा खोप लगाउनु प्रत्येक व्यक्तिको रोजाइको विषय हो र टेनिस अस्ट्रेलियाको नियम खेलाडीमाथिको ब्ल्याकमेल हो ।

‘खोप लगाउनु र नलगाउनु भनेको प्रत्येक व्यक्तिको आफ्नो अधिकारको कुरा हो । मानिसको व्यक्तिगत अधिकारमाथि हस्तक्षेप गर्ने अधिकार कसैसँग छैन । आफ्नो स्वास्थ्यको वारेमा निर्णय गर्ने अधिकार शंसारका सबै संविधानले सम्बन्धित व्यक्तिलाई दिएको छ,’ सार्डजन जोकोभिचले भने, ‘नोभाकले खोप लगाएको छ की छैन भन्ने यहाँ बहसको विषय होइन । त्यो उसको व्यक्तिगत अधिकार हो, जुन उसले सार्वजनिक गर्लाजस्तो मलाई लाग्दैन । खोप लगाउने की नलगाउने भन्ने उसको अधिकार हो ।’

टेनिस अस्ट्रेलियाको नियमप्रति अत्यन्तै आक्रामक रुपमा प्रस्तुत भएका सार्डजनले थपे, ‘यस्तो ब्ल्याकमेलको बीचमा नोभाकले अस्ट्रेलियन ओपनमा सहभागिता जनाउला जस्तो मलाई लाग्दैन ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो