माघ १७, २०८२ शनिबार | ०८:४५:०८
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

जोकोभिचले अस्ट्रेलियन ओपन नखेल्ने उनका पिताको विश्वास

पेरिस । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले जनवरीमा हुने अस्ट्रेलियन ओपनमा सहभागिताका लागि अनिवार्य खोप लगाएको हुनुपर्ने नियमका कारण उपाधि रक्षाको प्रयास नगर्ने उनका पिता सर्डजानले बताएका छन् ।

जनवरी १७ मा मेलबर्नमा सुरु हुने प्रतियोगितामा सहभागिताका लागि खेलाडीले कोभिड १९ विरुद्धको खोप लगाएकै हुनुपर्ने नियम आयोजकले हालै सार्वजनिक गरेको थियो ।

गत वर्ष मेलबर्नमा कीर्तिमानी नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका जोकोभिचले अझैसम्म सार्वजनिक रुपमा उपाधि रक्षाको प्रयास गर्ने की नगर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनी अनिवार्य खोपको नियमको विपक्षमा छन् । उनको विचारमा खोप लगाउनु प्रत्येक व्यक्तिको रोजाइको विषय हो र टेनिस अस्ट्रेलियाको नियम खेलाडीमाथिको ब्ल्याकमेल हो ।

‘खोप लगाउनु र नलगाउनु भनेको प्रत्येक व्यक्तिको आफ्नो अधिकारको कुरा हो । मानिसको व्यक्तिगत अधिकारमाथि हस्तक्षेप गर्ने अधिकार कसैसँग छैन । आफ्नो स्वास्थ्यको वारेमा निर्णय गर्ने अधिकार शंसारका सबै संविधानले सम्बन्धित व्यक्तिलाई दिएको छ,’ सार्डजन जोकोभिचले भने, ‘नोभाकले खोप लगाएको छ की छैन भन्ने यहाँ बहसको विषय होइन । त्यो उसको व्यक्तिगत अधिकार हो, जुन उसले सार्वजनिक गर्लाजस्तो मलाई लाग्दैन । खोप लगाउने की नलगाउने भन्ने उसको अधिकार हो ।’

टेनिस अस्ट्रेलियाको नियमप्रति अत्यन्तै आक्रामक रुपमा प्रस्तुत भएका सार्डजनले थपे, ‘यस्तो ब्ल्याकमेलको बीचमा नोभाकले अस्ट्रेलियन ओपनमा सहभागिता जनाउला जस्तो मलाई लाग्दैन ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।