माघ ७, २०८२ बुधबार | ०३:५०:३५
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

खोप अनिवार्य भए अस्ट्रेलियन ओपन रद्ध गर्न माग

मेलबर्न । अस्ट्रेलियाका टेनिस खेलाडी निक किर्जियोसले कोभिड १९ खोप अनिवार्य गर्नु नैतिक रुपमा गलत निर्णय हुने बताउँदै आसन्न अस्ट्रेलियन ओपन रद्ध गर्नुपर्ने बताएका छन् ।

खोप लगाएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अस्ट्रेलियन ओपनको पछिल्लो निर्णयको चर्को आलोचक रहेका विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले गत वर्ष पनि अस्ट्रेलियाको कडा क्वारेन्टिन नियमको विरोध गरेका थिए ।

अस्ट्रेलियाली खेलाडीमध्ये विश्व वरियताक्रमको सबभन्दा माथि रहेका किर्जियोसले जोकोभिचलाई समर्थन गर्दै खेलाडी तथा समर्थकमाथि कडा प्रतिबन्धात्मक व्यवस्थाका साथ प्रतियोगिता गर्नुको कुनै अर्थ नरहने बताए ।

साविक विजेता जोकोभिचले जनवरीमा मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्राण्ड स्लाममा उपाधि रक्षाको प्रयास नगर्ने समेतको चर्चा चलेको छ । नौं पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले प्रतिबन्धात्मक व्यवस्थाका साथ गर्नुको साटो यसपाली प्रतियोगिता नै रद्ध गर्नुपर्ने बताइसकेका छन् ।

कोभिड १९ महामारी नियन्त्रणको प्रयासमा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्नेमा सबभन्दा कडा देखिएको अस्ट्रेलियामा भिक्टोरिया सरकारले यसपाली अस्ट्रेलियन ओपनमा सहभागिताका लागि कोभिड विरुद्धको खोप अनिवार्य गरेको छ ।

‘मेरो विचारमा यो वर्ष अस्ट्रेलियन ओपन रद्ध गर्दा राम्रो हुन्छ,’ विश्व वरियताक्रमको १३औं स्थानमा रहेका किर्जियोसले भने, ‘मेलबर्न कति समयसम्म लकडाउनमा बस्न सक्छ ? दुई सय ७५ दिन की त्योभन्दा पनि बढि ?’

२०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसममको यात्रा गरेका किर्जियोसले विश्वभर १०औं लाख समर्थक रहेका जोकोभिचजस्ता स्टारको भनाईमाथि प्रशासनले गम्भीरताका साथ ध्यान दिनुपर्ने विचार राखे ।

‘मेरो विचारमा कसैलाई खोप लगाउनका लागि दबाब दिनु नैतिक रुपमा गलत काम हो । मैले खोपको दु्वै मात्रा लगाइसकेको छु । तर अरु कसैलाई खोप लगाउन दबाब दिन पाइन्न । यसैगरी खोप नलगाए खेल्न पाउँदैनस भन्नु पनि खेलभावना अनुरुपको काम होइन,’ उनले थपे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate