चैत्र ६, २०८२ शुक्रबार | ०२:४५:०४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

खोप अनिवार्य भए अस्ट्रेलियन ओपन रद्ध गर्न माग

मेलबर्न । अस्ट्रेलियाका टेनिस खेलाडी निक किर्जियोसले कोभिड १९ खोप अनिवार्य गर्नु नैतिक रुपमा गलत निर्णय हुने बताउँदै आसन्न अस्ट्रेलियन ओपन रद्ध गर्नुपर्ने बताएका छन् ।

खोप लगाएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अस्ट्रेलियन ओपनको पछिल्लो निर्णयको चर्को आलोचक रहेका विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले गत वर्ष पनि अस्ट्रेलियाको कडा क्वारेन्टिन नियमको विरोध गरेका थिए ।

अस्ट्रेलियाली खेलाडीमध्ये विश्व वरियताक्रमको सबभन्दा माथि रहेका किर्जियोसले जोकोभिचलाई समर्थन गर्दै खेलाडी तथा समर्थकमाथि कडा प्रतिबन्धात्मक व्यवस्थाका साथ प्रतियोगिता गर्नुको कुनै अर्थ नरहने बताए ।

साविक विजेता जोकोभिचले जनवरीमा मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्राण्ड स्लाममा उपाधि रक्षाको प्रयास नगर्ने समेतको चर्चा चलेको छ । नौं पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले प्रतिबन्धात्मक व्यवस्थाका साथ गर्नुको साटो यसपाली प्रतियोगिता नै रद्ध गर्नुपर्ने बताइसकेका छन् ।

कोभिड १९ महामारी नियन्त्रणको प्रयासमा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्नेमा सबभन्दा कडा देखिएको अस्ट्रेलियामा भिक्टोरिया सरकारले यसपाली अस्ट्रेलियन ओपनमा सहभागिताका लागि कोभिड विरुद्धको खोप अनिवार्य गरेको छ ।

‘मेरो विचारमा यो वर्ष अस्ट्रेलियन ओपन रद्ध गर्दा राम्रो हुन्छ,’ विश्व वरियताक्रमको १३औं स्थानमा रहेका किर्जियोसले भने, ‘मेलबर्न कति समयसम्म लकडाउनमा बस्न सक्छ ? दुई सय ७५ दिन की त्योभन्दा पनि बढि ?’

२०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसममको यात्रा गरेका किर्जियोसले विश्वभर १०औं लाख समर्थक रहेका जोकोभिचजस्ता स्टारको भनाईमाथि प्रशासनले गम्भीरताका साथ ध्यान दिनुपर्ने विचार राखे ।

‘मेरो विचारमा कसैलाई खोप लगाउनका लागि दबाब दिनु नैतिक रुपमा गलत काम हो । मैले खोपको दु्वै मात्रा लगाइसकेको छु । तर अरु कसैलाई खोप लगाउन दबाब दिन पाइन्न । यसैगरी खोप नलगाए खेल्न पाउँदैनस भन्नु पनि खेलभावना अनुरुपको काम होइन,’ उनले थपे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो