चैत्र १४, २०८२ शनिबार | ०५:०३:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राजवीर र समृद्धिलाई उपाधि

काठमाडौं । राजवीर मानन्धरले  गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को छात्र यु-१४ तर्फको उपाधी  जितेका छन् ।
आईतबार भएको फाइनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६-०, ६-३ ले पराजित गर्दै उपाधि  जितेका हुन् ।

गणेशमान सिंह फाउण्डेशन तथा नेपाल टेनिस संघको संयुत्त आयोजनामा भएको प्रतिस्पर्धाको छात्र यु-१२ तर्फ दर्शिल श्रेष्ठले उपाधी उचाले । उनले बोरिस अधिकारीलाई ७-५, ६-२ ले पराजित गरे । 

यस्तै सोही उमेर समूहको छात्रातर्फ समृद्धि महर्जनले शिभाली गुरुङ्गलाई ६-३, ७-५ ले हराउँदै उपाधि जितिन् । 
छात्र यु -१० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट हाडाले बाजी मारे । उनले फाइनलमा स्पन्दन उदासलाई ७-६, ६-३, ११-९  ले हराए ।

सिनियर  पुरुष युगलतर्फ निहाल जंगबहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाइनल प्रवेश गरेका छन् । 

थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको  जोडीलाई ६-४, ६-३ ले तथा खड्का र शाहीको जोडीले ऋतीक राणा र नविन पाईजाको जोडीलाई २-६. ६-१, ११-९ को जितका साथ उपाधी भिडन्त पक्का गरेका हुन् । 
यस्तै महिला युगलतर्फ प्रेरणा कोईरालाल र सलोनी तामाङ्गको जोडी तथा अभिलाषा बिष्ट र ईरा एम. राउतको जोडी उपाधी स‌घारमा पुगेका छन् ।

 प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृती श्रेष्ठको जोडीलाई ६-२, ६-१ ले तथा अभिलाषा र ईराको जोडीले अज्जा रेग्मी र ईभा अधिकारीको जोडीलाई ६-०, ६-१ ले पराजित गरे ।

पुरुष ३५ बर्ष माथि  उमेर समूहको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्ग फाईनल प्रवेश गरे ।

भण्डारीले भिष्म जंग गुरुङ्गलाई ६-२, ६-२ ले पराजित गर्दै फाईनलमा सिमान्त संगको भेट पक्का गरेका हुन् । सिमान्तले सुभाष बस्नेतलाई ६-०, ६-१ ले हराए ।

पुरुष ४५ बर्ष माथि उमेर समुहको स्पर्धामा सिजर गुरुङ्ग र विमल कुमार गुरुङ्गले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । 

सिजरले रोहित सुनुवारलाई ६-३, ६-१  तथा विमलले सुकमान तामाङ्गलाई ६-३, ६–४ ले पराजित गरे ।
पुरुष ५५ बर्ष माथि उमेर समुहको स्पर्धामा कमल थापाले सागर केसीलाई ६-०, ६-० ले पराजित गर्दै उपाधीका लागि विमल कुमार गुरुङ्ग संगको भेट पक्का गरेका हुन् ।

पुरुष ३५ बर्ष माथि उमेर समुहको युगलतर्फ निरज थापा र लोक गुरुङ्गको जोडी क्वाटरफाईनल प्रवेश गरेको छ । निरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६-७, -–३, ११-९ ले पराजित गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो