माघ २, २०८२ शुक्रबार | २३:५१:२०
एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

राजवीर र समृद्धिलाई उपाधि

काठमाडौं । राजवीर मानन्धरले  गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को छात्र यु-१४ तर्फको उपाधी  जितेका छन् ।
आईतबार भएको फाइनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६-०, ६-३ ले पराजित गर्दै उपाधि  जितेका हुन् ।

गणेशमान सिंह फाउण्डेशन तथा नेपाल टेनिस संघको संयुत्त आयोजनामा भएको प्रतिस्पर्धाको छात्र यु-१२ तर्फ दर्शिल श्रेष्ठले उपाधी उचाले । उनले बोरिस अधिकारीलाई ७-५, ६-२ ले पराजित गरे । 

यस्तै सोही उमेर समूहको छात्रातर्फ समृद्धि महर्जनले शिभाली गुरुङ्गलाई ६-३, ७-५ ले हराउँदै उपाधि जितिन् । 
छात्र यु -१० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट हाडाले बाजी मारे । उनले फाइनलमा स्पन्दन उदासलाई ७-६, ६-३, ११-९  ले हराए ।

सिनियर  पुरुष युगलतर्फ निहाल जंगबहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाइनल प्रवेश गरेका छन् । 

थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको  जोडीलाई ६-४, ६-३ ले तथा खड्का र शाहीको जोडीले ऋतीक राणा र नविन पाईजाको जोडीलाई २-६. ६-१, ११-९ को जितका साथ उपाधी भिडन्त पक्का गरेका हुन् । 
यस्तै महिला युगलतर्फ प्रेरणा कोईरालाल र सलोनी तामाङ्गको जोडी तथा अभिलाषा बिष्ट र ईरा एम. राउतको जोडी उपाधी स‌घारमा पुगेका छन् ।

 प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृती श्रेष्ठको जोडीलाई ६-२, ६-१ ले तथा अभिलाषा र ईराको जोडीले अज्जा रेग्मी र ईभा अधिकारीको जोडीलाई ६-०, ६-१ ले पराजित गरे ।

पुरुष ३५ बर्ष माथि  उमेर समूहको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्ग फाईनल प्रवेश गरे ।

भण्डारीले भिष्म जंग गुरुङ्गलाई ६-२, ६-२ ले पराजित गर्दै फाईनलमा सिमान्त संगको भेट पक्का गरेका हुन् । सिमान्तले सुभाष बस्नेतलाई ६-०, ६-१ ले हराए ।

पुरुष ४५ बर्ष माथि उमेर समुहको स्पर्धामा सिजर गुरुङ्ग र विमल कुमार गुरुङ्गले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । 

सिजरले रोहित सुनुवारलाई ६-३, ६-१  तथा विमलले सुकमान तामाङ्गलाई ६-३, ६–४ ले पराजित गरे ।
पुरुष ५५ बर्ष माथि उमेर समुहको स्पर्धामा कमल थापाले सागर केसीलाई ६-०, ६-० ले पराजित गर्दै उपाधीका लागि विमल कुमार गुरुङ्ग संगको भेट पक्का गरेका हुन् ।

पुरुष ३५ बर्ष माथि उमेर समुहको युगलतर्फ निरज थापा र लोक गुरुङ्गको जोडी क्वाटरफाईनल प्रवेश गरेको छ । निरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६-७, -–३, ११-९ ले पराजित गरे ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate