काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले पारा ओलम्पिकमा दुई खेल जित्न सफल भएकी पलेशा गोवर्धनलाई बिहीबार सम्मान गरेको छ ।
बाँसबारीस्थित स्टेसन पपमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुले पलेशालाई नगदसहित सम्मान गरे । टोलीका सदस्य रन्जन श्रेष्ठले पलेशालाई नगद सात हजार रुपैयाँ र खादा लगाएर सम्मान गरे ।
सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई पनि खादा लगाएर खेलाडीहरुले सम्मान गरेका थिए ।
गत महिना टोकियो सम्पन्न पारालम्पिकमा पलेशाले के-४४ विधाअन्तर्गत ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । रेपेचेजतर्फ कांस्य पदकको प्रतिस्पर्धामा उनी चीनकी ला युजीसँग १२-९ ले स्तब्ध भएकी थिइन् । बिहीबार सम्मानका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यो हारबाट पाठ सिकेर अगाडि बढ्न पलेशालाई आग्रह गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
