माघ १७, २०८२ शनिबार | १६:४१:३८
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

लकडाउन पिडितलाई खेलकर्मीको राहत

काठमाडौं, (खेलाडी)- कोभिड १९को नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका सुकुम्वासी परिवारलाई राहत स्वरुप चामल प्रदान गरिएको छ ।

कागेश्‍वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्‍ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको हो । तेक्‍वान्दोका अन्तर्राष्‍ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्‍वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाले राहतका लागि सहयोग गरेको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ ।

खड्काले सुकुम्वासी टोलमै पुगेर सम्बन्धितलाई राहत वितरण गरे । २०७२ सालको महाभुकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्वासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको  थियो ।

जारी निशेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा २ मृगौला पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरिएको खड्काले जनाएका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका वडा २ का अशक्त वृद्धा ६७ वर्षीय बाबुलाल नगरकोटीलाई ओड्ने ओछ्याउनेका साथै राहत पनि उपलब्ध गराएका थिए । एक अपाङ्ग भुजेल परिवार तथा रुखबाट खसेर गम्भीर घाइते भएका एक कार्की परिवारलाई पनि आर्थिक सहयोगका साथै राहत उपलब्ध गराएका थिए । कोरोनाकै कारण गतवर्ष गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा पनि समस्यामा परेका ४ सय ५० भन्दा बढी परिवारलाई अशोककै सक्रियतामा राहत, स्वास्थ्य सामाग्री र राहत प्रदान गरिएको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।