चैत्र ८, २०८२ आइतबार | १३:५१:१०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

सागको सयौं स्वर्णमा सक्षमको नाम

दक्षिण एसियाली खेलकुद (नवौं संस्करणसम्म साफ तथा १०औं संस्करणपछि साग) मा नेपालका लागि पहिलो स्वर्ण पदक कुन खेलाडीले जितेका थिए त ? यसको उत्तर आउँछ, धावक वैकुण्ठ मानन्धर । उनले सन् १९८४ मा काडमाडौंमै भएको प्रतियोगिता (तत्कालीन साफ) मा म्याराथनतर्फ उक्त पदक जितेका थिए ।

त्यसो भए, दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो यो कुम्भमेलामा नेपालले समग्रमा जितेको सय स्वर्ण कसको नाममा छ त ?

आखिरमा यो पनि त उत्तिकै ऐतिहासिक स्वर्ण हो । यसको हकदार बनेका थिए, सक्षम कार्की । अवसर, २०१९ को १३औं साग हो । अनि उनी हुन् तेक्वान्दोका खेलाडी । भाग्यले उनकै नाममा लेखिएको छ, त्यो स्वर्ण पदक । आर्मीका सक्षमले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनमा भएको पुरुष ८७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडी वाकर अली शाहलाई २७-९ को स्कोरमा हराएका थिए ।

खासमा नेपाली पत्रकार त्यही अवसरको प्रतीक्षामा थिए । सबैले यसका लागि गृहकार्य गरिसकेका थिए । जतिबेला यसबारे उनलाई प्रश्न सोधिएको थियो, सुरुमा त उनी छक्क परे । पछि खुसी व्यक्त गरे । सक्षमले जितेको त्यो नेपालका लागि प्रतियोगिताको २९ औं स्वर्ण थियो । यस १३ औं साग संस्करणमा नेपालले पहिलो पटक ऐतिहासिक रूपमा सर्वाधिक ५१ स्वर्ण पदक जितेको थियो ।

त्यसमध्ये सक्षमकै स्वर्ण विशेष रह्यो । सन् १९८४ को पहिलो सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । सन् १९८५ मा एक मात्रै स्वर्ण जित्दा सन् १९८७ मा दुई स्वर्ण पदक हात प¥यो । सन् १९८९ मा नेपालले एकमात्रै स्वर्ण प्राप्त गर्दा सन् १९९१ मा फेरि दुई स्वर्ण जित्यो । सन् १९९३ मा एक र सन् १९९५ मा चार तथा सन् १९९९ को आठौं सागमा भने नेपालले एकै पटक ३२ स्वर्ण पदक जित्यो ।

यस्तै सन् २००४ मा सात स्वर्ण हात पार्दा सन् २००६ मा सात स्वर्ण नेपालको नाममा रह्यो । सन् २०१० मा आठ र सन् २०१६ मा तीन र १३ औं सागमा सक्षमले नेपालका लागि २९ स्वर्ण हात पर्दा १०० औं स्वर्ण नेपालको नाममा आएको हो । हालसम्म सागमा नेपालको स्वर्णसंख्या एक सय २१ रहेको छ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो