चैत्र १४, २०८२ शनिबार | ०१:४०:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मेयर कपमा बिपिन र बिनितालाई स्पर्ण

काठमाडौं, (खेलाडी)- विपिनराज श्रेष्ठ र विनिता श्रेष्ठले प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । 

नेपाल सितोरियो कराँते संघको सहयोगमा शंखधर डोजोद्धारा आयोजित प्रतियोगिताको खुल्ला तौल समूहमा लगनखेलका विपिन र महिलामा लैनचौरकी विनिताले स्वर्ण पदक जितेका हुन् ।

मध्यपुर थिमी नगरपालिकाको बोडेमा रहेको कुमारी पार्टीमा आज भएको फाइनल खेलमा विपिनले चन्द्रागिरीका जेनिम महर्जन र विनिताले नरहरीपुरकी श्रद्धा थापालाई पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाए । 

यसैगरी मन्थलीका दिक्षित थापा र रामेछापका विमल सिंजाली मगर तथा महिलामा विष्णुदेवी डोजोकी कोपिला लिम्बु र मध्यपुर थिमिकी रितिसा श्रेष्ठ कांस्य पदकमा सिमित भए । 

आजै भएको अर्काे खेलमा पुरुष ३० केजीतर्फ बौद्ध डोजोका प्रभात मगरले विष्णुदेवी डोजोका सोनम लामालाई हराउदै स्वर्ण पदक हात पारे भने मध्यपुर डोजोका कृष ग्वाचा र घण्टाघर डोजोका एवन गहतराजले कांस्य पदक जिते । 

सोही ताैल समूहको महिलातर्फ अनु मोक्तानले प्रमिला पाख्रिनलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । 

पुरुष ३५ केजीमा विष्णुदेवी डोजोका सन्देश लामाले नरहरीपुर डोजोका ओम ठाकुरलाई पन्छाउँदै स्वर्ण पदक हात पारे । सोही स्पर्धामा महिलातर्फ इचंगुकी सोनम शेर्पाले मन्थलीकी आकृति सेवालाई हराउँदै प्रथम स्थान हासिल गरिन् । 

यसैगरी पुरुष ४० केजीमा इचंगुका शेभेन श्रेष्ठले विष्णुदेवी डोजोका राकेश मानन्धरलाई पराजित गरे । भने महिलातर्फ चन्द्रगिरीकी स्वस्तिका केसीले गोर्कणेश्वरकी इशा वाइवालाई हराउँदै स्वर्ण पदक जितिन् । 

प्रतियोगितामा पुरुष ४५ केजीमा मन्थलीका रोशन खातीले विष्णुदेवी डोजोका सुनिल ठगुन्नालाई हराए भने महिलातर्फ चन्द्रगिरीकी अञ्जली महर्जनले इचंङगुकी भूमिका बस्नेतलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । 

पुरुष ५० केजीमा बौद्ध डोजोका बुद्ध मोक्तान र महिलातर्फ वादोकाईकी विनिता चपाईँले स्वर्ण पदक जिते । पुरुष ६० केजीमा सन्तोष श्रेष्ठ र महिलामा लैनचौरकी रोपजना दुगेलरले स्वर्ण पदक हात पारे । 

यसैगरी पुरुष ५५ देखि ६० केजी किक बक्सिङमा सन्देश बास्कोटाले लगनखेलका रोहितलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । भने महिलामा विष्णुदेवी डोजोकी कोपिला लिम्बुले अस्मिता तामाङलाई पन्छाउद स्वर्ण पदक जितिन् । 

पुरुष ५५ केजीतर्फ एकित गुरुङ र महिलातर्फ नहरीपुरकी सृजना मरहट्ठाले स्वर्ण पदक जिते । 

मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ४ सय ७४ खेलाडीहरुले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ हात पारे ।  

साथै कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो