फाल्गुन १०, २०८२ आइतबार | १९:२४:०३
दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

कराँतेका ‘दीप’ 

काठमाडौं (खेलाडी) - दीपक श्रेष्ठ नेपाली कराँतेमा सबैभन्दा सफल खेलाडी हुन् । नयाँ पुस्ताका लागि रोलमोडल । मार्सल आर्ट्सको सफल खेलाडी हुनुमात्र दीपकको परिचय होइन । एउटा सफल प्रशिक्षक र खेलाडीको नेताका रूपमा पनि उनले आफ्नो परिचयलाई विस्तारित गरिसकेका छन् । 

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने राष्ट्रको अहिलेसम्मकै सबैभन्दा सफल कराँते खेलाडीमध्ये एक, राम्रो कमाइ, खोटरहित आनीबानी, देशविदेशको घुमाइ दीपकको ईर्ष्या गर्न लायक पक्ष हुन् । यतिमात्र होइन एउटा सफल खेलाडी र प्रशिक्षकका साथै समग्र नेपाली खेलाडीहरूको नेता हुनुको ग्ल्यामरले धेरै समकक्षीलाई लोभ्याउँछ । 

हो, दीपक दक्षिण एसियाली खेलकुदमा दुईटा स्वर्ण पदक जित्ने दुईमात्र नेपाली कराते खेलाडीमध्ये एक हुन् । दीपकले आठौं र नवौं संस्करणमा स्वर्ण जितेका थिए । साफमा दुई स्वर्ण पदक जित्ने अर्का नेपाली कराँते खेलाडी हुन्, मन्डेकाजी श्रेष्ठ । मन्डेकाजीले दुई वर्षअघि नेपालमै भएको १३ औं संस्करणमा दोहोरो स्वर्ण पदक जितेका थिए । 

यति धेरै गुणधारी दीपकका केही सानातिना अवगुण उनको समग्र व्यक्तित्वमा खोट लगाउन समर्थ हुन्न । पारिवारिक जीवनमा पनि आकर्षक व्यक्तित्वका दीपकका यिनै गुणहरूले सकारात्मक भूमिका खेलेका छन् । 

पाटनकी कविता शाक्य दीपकप्रति आकर्षित हुनुको रहस्य पनि यही हो । कुरा, २६ वर्षअघिको हो । पाटन संयुक्त क्याम्पसमा अध्ययनरत कविता फिटनेसका लागि छोटो समय कराँतेमा लागेकी थिइन् । त्यतिबेला दीपक सितोरियो कराँतेका स्टार भइसकेका थिए । प्रतियोगिताको सिलसिलामा सन् १९९५ मा एउटा दार्जिलिङ भ्रमणको अवसर जुर्यो । त्यही भ्रमणमा एकअर्कासँग नजिकिएका दीपक–कविताको जोडीले मायाको अन्तिम गन्तव्य पाएको पनि दुई दशक नाघिसकेको छ ।

काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेलगत्तै २००० मा कवितासँग प्रणयसूत्रमा बाँधिएका दीपक अहिले एक छोरीका पिता बनिसकेका छन् । छोरी कृति पनि अहिले १५ वर्ष लागिसकेकी छन् । श्रीमती कविता फेसन डिजाइनर भएकाले विभिन्न बुटिकमा कन्सल्ट्यान्ट भएर काम गर्छिन् ।

दीपकको घर बन्नुभन्दा अघि आफ्नै बुटिक खोलेर काम गरेकी थिइन् । तर अहिले त्यो बन्द अवस्थामा छ । दीपक खेलाडी मान्छे, कहिले कता, कहिले कता हिडिराख्नुपर्ने । घर बनाउने सबै काम कविताको काँधमा आइपर्यो । साथै बच्चाको स्याहारमा पनि समय दिनुपर्यो । त्यसकारण उनले आफ्नो बुटिकमा समय दिन सकिनन् । ती सबैबाट समय निकालेर कविताले चाइल्ड डेभलपमेन्ट र जेन्डरमा मास्टर्स गरिसकेकी छन् । कविताले आफ्नो विषयमा भने खासै काम गर्न पएकी छैनन् । तर बुटिककै काम कविताले ब्लोजनमार्फत गरिरहेकी छन् ।

स्वयं दीपक भने कराँतेको नियमित कर्मबाहेक श्रीमती र छोरीसँग समय बिताउँछन् । छोरी कृति पनि पौडी खेलाडी हुन् । इन्टर कलेज पौडी प्रतियोगिताहरूमा भाग लिन्छिन् । जुनियर पौडीमा कृति च्याम्पियन भएको दीपक सुनाउँछन् । कृति अहिले लिटिल एन्जल्समा ‘ए’ लेभलमा अध्ययनरत छिन् ।

दीपक अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् । त्यसकारण उनी अहिले सम्पूर्ण खेलाडीको अभिभावकत्व लिनुपर्ने जिम्मेवारीमा छन् । सधैं खेलाडीकै बारेमा चिन्तित देखिन्छन् । खेलाडीलाई कसरी राम्रो गर्न सकिन्छ भन्नेमा उनको ध्यान हुने गर्छ । 

दुई साग (तत्कालीन साफ, हालको साग) मा लगातार स्वर्ण पदक जितेका दीपक नेपाली कराँतेका क्षमतावान तर अभागी खेलाडी हुन् । ह्याट्रिक गर्ने लक्ष्य लिएर श्रीलंका पुग्दा उनी सन् २००६ को घिनलाग्दो अन्तर्राष्ट्रिय खेल राजनीतिको सिकार बन्नुपर्यो । पहिलो खेलमै लविङ नपुगेका कारण दीपकले जितेको खेलमा निर्णायकहरूले पराजित घोषणा गरे ।

दीपकका लागि त्यो खेल फगत एउटा बाउटमात्र थिएन । त्यो खेलसँग दीपकको सम्पूर्ण खेलजीवनको सम्बन्ध थियो । साँचो अर्थमा त्यो खेल उनको खेलजीवनको क्लाइमेक्स नै थियो । सागमा स्वर्णको ह्याट्रिक पूरा गर्न उनलाई त्यही मात्र जित आवश्यक थियो । जसका लागि उनी हकदार पनि थिए । तर जितेको खेल हराएर आफ्नो जिन्दगीकै लक्ष्य असफल पार्ने जाली निर्णायकहरूसँग सामान्य प्रतिवाद गर्दा दीपक उल्टै तथाकथित अनुशासनको कारबाहीमा परे ।

सम्झन्छन्, ‘त्यतिखेर मेरो जिन्दगीको सबैभन्दा ठूलो लक्ष्य एक झट्कामै चकनाचुर भयोे । खेलको भिडियो हेर्दा आज पनि मैले प्रस्ट जितेको देखिन्छ । तर मलाई हराइयो र हाम्रो खेलकुद प्रशासन एउटा असहाय रमितेझै सबथोक मौनतापूर्वक हेरेर बस्यो । सायद मेरो जिन्दगीको सबैभन्दा निराशाजनक क्षण त्यही हो ।’

२०४६ देखि खेल्न थाले पनि २०४९ सालदेखि मात्र निरन्तर अभ्यासमा रहेका दीपकले अहिले सितोरियो कराँतेको पाँचौ डान लिइसकेका छन् । छैटौं राष्ट्रिय खेलकुदपछि उनले राष्ट्रिय टिमको प्रशिक्षण सम्हालिरहेका छन् । दीपकले सक्रिय खेलजीवनबाट संन्यास लिएपछि २०६५ देखि ६७ सम्म नेपाल पुलिस क्लबको टिम सम्हालेका थिए । उनले टिम हेर्नुभन्दा अघि पुलिस क्लब खास राम्रो टिम थिएन । तर दीपकले राम्रा खेलाडीलाई पुलिस टिममा अनुबन्ध गराए । दुई वर्षको अन्तरमा उनले पुलिस क्लबलाई चार उपाधि दिलाइदिए । 

दीपक भन्छन्, ‘मैले बाहिरका खेलाडीलाई पुलिस क्लबमा अनुबन्ध गराएर जागिर दिने काम गरें । त्यसपछि अन्य विभागीय टिमहरूले पनि बाहिरका राम्रा खेलाडीलाई विभागमा राख्न थाले । त्यो चलनले गर्दा खेलाडीहरूलाई खेलजीवन सकेपछि पनि राम्रो भएको छ ।’

दीपकले जिन्दगीका सुनौला ३२ वर्ष बिताएको खेलकै माध्यमबाट विश्वका तीन दर्जनभन्दा बढी देश घुमिसकेका छन् । तीनपल्ट एसियाली कराँते च्याम्पियनसिप, दुईपटक एसियाली खेलकुद, विश्व च्याम्पियनसिप र जर्मन लिगजस्ता प्रतियोगितामा सहभागिता जनाइसकेका दीपकले प्रतियोगितामा जितेको पदकको लेखाजोखा नै छैन ।

४५ वर्षे दीपकले कराँतेमा लागेर देशव्यापी चर्चा, आत्मीय सम्मान, नायकको झै छवि, राष्ट्रका लागि रगत-पसिना बगाउने अवसर, जागिर अनि आत्मसन्तुष्टि पाएका छन् । यी सबथोक पाउँदा उनले गुमाएको भन्नु चाहिँ पढ्न नसक्नु मात्र हो । लामो समय संगत गर्नेले पनि भेउ नपाउने उनको कमजोर पक्ष भनेकै आमाबुबाको इच्छाअनुसार पढ्न सकेनन् ।

तर उनले नियतवश आफ्नो कमजोरी लुकाएका भने छैनन् । उनीसँग विश्वविद्यालयको औपचारिक शिक्षा र प्रमाणपत्र नभए पनि उनी प्राविधिक शिक्षामा स्नातकोत्तरभन्दा कम होइनन् । भलाद्मीपनका पर्फेक्ट नमुना रहेका दीपकले गर्ने व्यावहारिक विश्लेषणले उनलाई विश्वविद्यालयबाट दीक्षित कुनै युवाभन्दा कम होइन, बरू बढी नै बौद्धिक देखाउँछ ।

२०५४ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षकका रूपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी प्रशिक्षक भए । दीपकले प्रशिक्षण दिने ललितपुरको एलए स्कुलमा पनि उनको निरन्तरता कायमै छ । दीपकले लगनखेल डोजो पनि हेर्छन् । ललितपुर उनकै जिल्ला हो । ललितपुर जिल्लाको खेलकुद विकासमा पनि उनी निरन्तर लागिपरेका छन् ।

२०५२ देखि सुरु भएको उनको प्रशिक्षण करियरले हजारौं खेलाडी उत्पादन गरिसकेको छ । राष्ट्रिय टिममा परी थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेका छन् । यहाँसम्म कि दसौं सागमा आफू असफल हुँदा राष्ट्रका लागि पदक जित्ने अमृता शाक्य, विनोद शाक्यहरू उनकै चेलाचेली हुन् । भर्खरै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने ७५ प्रतिशतभन्दा बढी खेलाडीलाई दीपकले नै प्रशिक्षण गराएका थिए ।

नेवारको छोरा भएर पनि मदिरामोहमा नपरेका दीपक भन्छन्, ‘एउटा खेलाडीका लागि रक्सी पिउनु राम्रो हुँदैन भन्ने लागेर नपिएको हुँ । फेरि हाम्रा बाउबाजेले नै धेरै खाइसकेका छन् । त्यसैले मलाई खासै रूचि भएन ।’

१५ औं शताब्दीतिर ‘दारुमा’ नामका एक बौद्ध धर्मालम्बीले नेपालमै कराँते आविष्कार गरेको किंवदन्ती छ । उनले लुम्बिनीबाट सुरु गरेर चीन हुँदै कराँते जापान छिराएको भन्ने मान्यता रहेको दीपक सुनाउँछन् । दीपक अहिले कराँतेको जन्मभूमि नेपालमा यस खेललाई अझ सुधार गर्न कम्मर कसेर लागेका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||