माघ १, २०८२ बिहीबार | ११:५०:३७
सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड

करातेको पहिलो स्वर्ण सान्चेजलाई

टोकियो, (खेलाडी)– स्पेनकी सान्द्रा सान्चेज बिहीबार ओलम्पिक इतिहासमा टोकियोमा करातेतर्पm स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।

महिला एकल काताको फाइनलमा जापानकी कियु सिमिजुलाई हराउँदै स्पेनकी सान्द्राले करातेको पहिलो ओलम्पिक प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । उनी स्पेनका लागि स्वर्ण पदक जित्ने सबैभन्दा पाका उमेरकी खेलाडीसमेत बनिन् । उनले ३९ वर्ष ३ सय २३ दिनमा स्वर्ण जितिन् । स्पेनका लागि यसअघि सन् २००८ मा जोअन लानेरसले ३९ वर्ष ९१ दिनमा साइक्लिङतर्पm स्वर्ण दिलाएका थिए ।

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना भएको ओलम्पिकमा कराते पहिलो पटक सहभागी गराइएको हो । जापानले आयोजकका रूपमा समावेश गर्न पाउने खेलअन्तर्गत करातेको प्रतिस्पर्धा राखिएको हो । 

तर, घरेलु राष्ट्रले आफैँले राखेको खेलमा सफलता भने पाउन सकेन । आगामी पेरिस ओलम्पिक २०२४ मा भने करातेको प्रतिस्पर्धा रहेको छैन । त्यसैले ३९ वर्षीया कराते खेलाडी सान्चेजका लागि यो स्वर्ण पदक यादगार बन्नेछ । सान्चेजले घरेलु स्टार सिमिजुलाई २८.०६–२७.८८ स्कोरले हराइन् । प्रमुख जज निर्णयका लागि दुई खेलाडीको नजिक पुग्नासाथ सन् २०१८ की विश्व च्याम्पियन सान्चेजले जितको दाबेदारीसहित आफ्नो हात उठाएकी थिइन् । उनको दाबीअनुरूप पनि जजले उनको हात उचाल्दै विजयी घोषणाको संकेत गरे । 

‘म निकै भावुक भइरहेकी छु । किनकि एकै पटक मनमा धेरै कुरा आइरहेका छन् । म खुसी छु, तर पनि रुन मन लागिरहेको छु,’ भेट्रान सान्चेजले भनिन्, ‘यो जित यथार्थ हो भन्ने महसुस गर्न धेरै समय लाग्नेछ । मेरो काता फेरि एकपटक हेर्छु र अनि जितबारे विश्वस्त हुनेछु ।’

सिमिजुले भने लय गुमाए पनि उत्कृष्ट प्रदर्शन गरेको बताइन् । यसै विधामा इटालीका भिभिना बोटारो र हङकङकी मो सियुङले कांस्य पदक जिते । सन् २०१८ मा स्पेनमै सम्पन्न विश्व च्याम्पियनसिपमा पनि सान्चेजले सिमिजुलाई हराएकी थिइन् । पहिलो पटक ओलम्पिकमा सहभागी करातेमा काता र कुमुते दुई विधा छन् ।

कातामा आकर्षक रूपमा खेलाडीहरूले कला प्रस्तुत गर्ने गर्छन् र जजले स्कोर प्रदान गर्नेछन् । कुमुतेमा भने दुई प्रतिस्पर्धीबीच तीन मिनेटको फाइट हुनेछ । टोकियो ओलम्पिकमा महिला र पुरुषको व्यक्तिगत काता समावेश छन् । कुमुते (फाइट) मा महिलातर्फ ५५ केजी, ६१ केजी र ६१ क्ेजीमाथि प्रतिस्पर्धा हुँदै छन् । पुरुषमा भने ६७ केजी, ७५ केजी र ७५ केजीमाथि प्रतिस्पर्धा हुनेछन् । पुरुष ६७ केजीमुनि कुमुतेमा फ्रान्सका स्टेभन डा कोस्टाले टर्कीका इरे सामदानलाई ५–० स्कोरले हराउँदै स्वर्ण जिते । फ्रान्सको रेलवे कम्पनी पार्ट टाइमर कामदारका रूपमा कार्यरत कोस्टाका जुडुवा दाइ र पिता पनि पनि करातेमै छन् ।

सन् २०१८ को विश्व च्याम्पियन कोस्टाले आफ्नो अर्को ठूलो स्वर्णका रूपमा ओलम्पिक पदक थपेका छन् ।  महिला ५५ केजी कुमुतेमा बुल्गेरियाकी इभेत गोरानोभाले फाइनलमा एन्जहेलिका तेर्लयुगालाई ५–१ ले हराउँदै ऐतिहासिक स्वर्ण पदक जितिन् ।

हालसम्म आयोजक टोली जापानले आफैँले राखेको प्रतिस्पर्धामा स्वर्ण जित्न सकेको छैन । करातेका प्रतिस्पर्धाहरू ऐतिहासिक निप्पोन बुदोकान हलमा सञ्चालन भइरहेका छन् । यसै हलमा सन् १९६४ को टोकियो ओलम्पिकमा जुडोका प्रतिस्पर्धा भएका थिए । जापानकै मुख्य मार्सल आर्टस् जुडो, केन्दो, आइकिदो र करातेका ठूला प्रतिस्पर्धा पनि यसै हलमा हुने गरेका छन् । 

आगामी पेरिस ओलम्पिक २०२४ मा भने करातेको प्रतिस्पर्धा रहेको छैन ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||