चैत्र ७, २०८२ शनिबार | २०:३२:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

खेलाडी उत्पादनको उद्देश्यमा ब्याटमिन्टन शिविर सञ्चालन गर्दै केबिए

काठमाडौ, (खेलाडी)- काठमाडौं ब्याटमिन्टन एकेडेमी (केबिए)ले भदौ १६ गतेदेखी ३० गतेसम्म ‘बिगिनर्स ब्याटमिन्टन क्याम्प’ का नाममा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रशिक्षण शिविर जोरपाटीस्थित धर्मश्री स्पोर्टस एकेडेमीमा हुने आयोजक केबिएका अध्यक्ष दीपक थापाले खेलाडीलाई जानकारी गराए । 

थापाका अनुसार १५ दिने सिविरमा प्रत्येक दिन तीन सत्रमा प्रशिक्षण सञ्चालन गरिनेछ । प्रत्येक सत्रमा एक पटकमा १२ खेलाडीमात्र सहभागि गराइने पनि थापाले बताए । थापाका अनुसार प्रत्येक दिन पहिलो सत्र दिउसो १ देखि २ः३० बजेसम्म हुनेछ भने दोस्रो सत्र दिउसो २ः३० देखि ४ बजेसम्म चल्नेछ । यसैगरी ४ बजेदेखि ५ः३० बजेसम्म तेस्रो सत्रको प्रशिक्षण हुनेछ ।

बालकृष्ण थापा र विश्व ब्याटमिन्टन महासंघबाट लेभल वान कोर्स गरिसकेका पुरुशोत्तम ढकालले प्रशिक्षकका रुपमा सिविर सञ्चालन गर्नेछन् । 
‘यो प्रशिक्षण शिविर ब्याटमिन्टन सिक्न चाहने सबैका लागी हो । हामीले स्वास्थ्य मापदण्ड बनाएका छौं र सोही अनुरुप शिविर चल्नेछ,’ सिविरबाट ब्याड्मिन्टन प्रशिक्षण लिनका लागि प्रशिक्षार्थीले जनही ४ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने जानकारी गराउँदै थापाले भने ।

खेलाडी उत्पादनको लक्ष्य राखेर सुरु गरिएको प्रशिक्षण शिविरमा राम्रो प्रदर्शन गर्ने र सम्भावना बोकेका खेलाडीलाई छात्रवृत्तिसहित थप प्रशिक्षणको व्यवस्था गर्ने थापाले बताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो