फाल्गुन २२, २०८२ शुक्रबार | २२:५९:५३
एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा

पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पटक–पटक स्थगित हुँदै आएको निर्वाचन आगामी चैत १३ गतेका लागि तय गरिएको छ ।

एन्फाको निर्वाचन समितिले शुक्रबार नयाँ निर्वाचन तालिका प्रकाशन गर्दै चैत १३ मा आगामी ४ वर्षे कार्यकालका लागि चुनाव गर्ने घोषणा गरेको हो ।

नयाँ तालिकाअनुसार शुक्रबारै उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली प्रकाशन गर्ने, फागुन २८ गतेसम्ममा उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दावी विरोध, फागुन २९ मा पुनरावेदन समितिले त्यसमाथि निर्णय गर्ने, फागुन ३० मा दावी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन तथा चैत १३ मा निर्वाचन गर्ने उल्लेख छ ।

निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले जारी गरेको सूचनामा समितिले आवश्यकताअनुसार निर्वाचन कार्यतालिका संशोधन गर्न सक्ने जनाएको छ ।

समितिले शुक्रबारै प्रकासन गरेको उम्मेदवारको सूचिअनुसार अध्यक्षमा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसीको उम्मेदवारी परेको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्धय दावा लामा र दीपक खतिवडा तथा एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीको उम्मेदवारी परेको छ । लामाले नेम्वाङ तथा जोशीले केसीको प्यानलबाट उम्मेदवारी दिएका हुन् । खतिवडा भने स्वतन्त्र उम्मेदवार हुन् ।

४ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा एन्फाको वर्तमान कार्यसमितिका सदस्यहरु विकासनारायण श्रेष्ठ, मनिष जोशी, अनिल मल्ल, पेमा डोल्मा लामा र महेन्द्र क्षेत्री तथा फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारी, मनाङ मर्स्याङ्दीका अध्यक्ष विजय घले र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द छन् ।

उम्मेदवारहरुमध्ये विकासनारायण श्रेष्ठ, मनिष जोशी, अनिल मल्ल र महेन्द्र क्षेत्री नेम्वाङ प्यानलबाट उठेको बताइएको छ । यसैगरी विश्वासविक्रम शाह, अनिल श्रेष्ठ, उत्तमराज भण्डारी र गणेशबहादुर चन्द केसी प्यानलमा रहेको बताइन्छ ।

कार्यकारी सदस्यको १३ पदका लागि दुवै प्यानल तथा स्वतन्त्र गरि २८ जनाको उम्मेदवारी परेको छ । सदस्यमा उम्मेदवारी दिनेमा प्रविण सुवाल, पुरुषोत्तम थापा, भोजराज शाही, मणीराज बिष्ट, दीपेन्द्र धिमाल, प्रविण यादव, प्रमोद मानन्धर, भरत बुढा थापा, टिकाराम लामा, सागर मैनाली, निरजबहादुर राउत, जयकृष्ण श्रेष्ठ, रमेश ब्यन्जनकार, सत्यभक्त पालिखे, राजु ह्याजु, लोकेन्द्र गुरुङ, कपिल रानामगर, सेतबहादुर पुन, बाबुकाजी बस्नेत, सञ्जिव बुढाथोकी, कल्याणकुमार खड्का, विनोद गुरुङ, केशवकुमार कार्की, देवनारायण चित्रकार, भगवानबहादुर दर्लामी, ठाकुर सुस्लिङ, मणीकुमार लिम्बु र सञ्जात धिताल छन् ।

त्यस्तै २ महिला सदस्यका लागि सरिला श्रेष्ठ, विन्द्रा देवान, कमला हिराचन र लिलामाया थापा गरि ४ जनाको उम्मेदवारी परेको एन्फा निर्वाचन समितिले जनाएको छ । समितिले सबै डिभिजन क्लब, जिल्ला फुटबल संघ, खेलाडी, महिला, रेफ्री र प्रशिक्षक संघलगायत गरि मताधिकारप्राप्त ८७ जनाको नाम पनि सार्वजनिक गरेको छ ।

पटक–पटक स्थगन

पछिल्लो पटक यही फागुन २८ का लागि तय गरिएको एन्फाको ‘अर्ली इलेक्सन’का प्रक्रिया स्थगित गर्न निर्वाचन आयोगले फागुन ६ गते निर्देशन दिएको थियो ।

आयोका कानून अधिकृत मोहनराज जोशीले एन्फालाई पत्र लेख्दै तत्काल सबैखाले निर्वाचन प्रक्रिया रोकेर त्यसको जानकारी आयोगमा गराउन निर्देशन दिएका थिए । अन्यथा निर्वाचन आचारसंहिता बमोजिम कारबाही गर्ने चेतावनी पनि जोशीले दिएका थिए ।  

निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्वमा संघसंस्थाको निर्वाचन नगर्न आयोगले त्यसअघि माघ ८ गते सूचना जारी गर्नुका साथै एन्फालाई पनि पत्राचार गरेको थियो । अदालतमा परेको मुद्धाका कारण माघ ६ गते नै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सबै प्रक्रिया स्थगित गरिसकेको एन्फाले त्यही बेहोराको पत्र आयोगमा माघ १३ गते पठाएको जोशीको पत्रमा उल्लेख थियो ।

आगामी २०८३ असार ४ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिनाअघि नै गएको माघ २८ मा आगामी चार वर्षे कार्यकालका लागि चुनाव गर्ने तयारी गरेको थियो । त्यसको विरुद्ध सरोकारवालाहरुबाट परेका फरक मुद्धामा पाटन उच्च अदालतले पुष २८ र माघ ४ गते स्टे अर्डर जारी गरेपछि एन्फाले उम्मेदवारी दर्तासम्मको प्रक्रिया सम्पन्न गरेर माघ ६ गते निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।

अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले आफ्नो चुनावको परिमार्जित कार्यतालिका बनाउँदै फागुन १ बाट प्रक्रिया पुनस्थापित गरेको थियो । नयाँ कार्यतालिकाअनुसार यही फागुन २८ गते झापामा एन्फाको निर्वाचन हुने भनिएको थियो ।

निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन आचारसंहितालाई उल्लेख गर्दै फागुन २८ को प्रस्तावित एन्फा चुनाव रोकेको थियो ।

आन्दोलन आह्वान

यसैबीच एन्फा चुनावको विरोधमा पूर्व अध्यक्ष गणेश थापाले आन्दोलन आह्वान गरेका छन् ।

‘नयाँ सरकार गठनको प्रकृयामा रहेको बेला अवैधानिक तरिकाले गर्न लागिएको एन्फा निर्वाचनको विरुद्ध विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण खेलप्रेमीलाई अनुरोध गर्न चाहन्छु,’ भन्दै थापाले आन्दोलन आह्वान गरेका छन् ।

थापाले फेसबुकमा लेखेअनुसार यही फागुन २५ गते दिउसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा विरोध प्रदर्शन गरिनेछ ।

‘नयाँ सरकार गठनको प्रक्रियामा रहेको अवस्थामा नेपाली फुटबल ध्वस्त बनाउने तथा भ्रष्ट एन्फा नेतृत्वले जबरजस्ती एकपक्षीय ढंगबाट अवैधानिक तरिकाले गर्न लागेको एन्फा निर्वाचनको विरुद्धमा एवम भ्रष्टाचार छानविनको निमित्त फागुन २५ गते दिनको १ बजे सम्पूर्ण खेलप्रेमीहरुलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाली फुटबल बचाउनको लागि आयोजना गरिने विरोध प्रदर्शनमा उपस्थिती भइदिनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु,’ थापाले लेखेका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||