काठमाडौं । एसिया रग्बी सेभेन्स ट्रफी-२०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् ।
उनी प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा सहभागी हुन फ्लाई दुबइमार्फत असोज १८ गते बिहान नेपाल आइपुग्ने छ्न्
प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।
यो प्रतियोगिता अर्को वर्ष हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । दुवैतर्फका विजेताले एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।