काठमाडौं । नेपालकी मनता राईले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ४१ केजीमुनिको फाइलनमा मनताले नेपालकै शिवानी आलेमगरलाई हराइन् ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४८ केजीमुनिमा जिग्मे थिङ तामाङ स्वर्ण पदक जिते । फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित गरे ।
पुरुष ६२ केजीमुनिमा सुजिन गुरुङ र मनीष कार्की फाइनल प्रवेश गरे ।
महिला ५५ केजीमुनिमा सपना आले, ५६ केजीमुनिमा शान्ति थापामगर र बविता कार्की तथा ७१ केजीमुनिमा सपना ऐडीले फाइनल यात्रा तय गरे । फाइनल पुग्ने सबै नेपाली खेलाडी हुन् ।
प्रतियोगिताको उद्घाटन आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले गरे ।
प्रतियोगितामा नेपालका ३६ र भारतका पाँच गरी ४१ खेलाडीको सहभागिता रहेको आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।