भाद्र २३, २०८१ आइतबार | ०८:०८:४३
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

ओलम्पिक तयारीमा सदस्यसचिव घिसिङको चासो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकको तयारी बारे चासो राखेका छन् । उनले ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीको तयारी र सरकारकातर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गरेका थिए।

साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडीमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरुसंग भएको छलफलमा सदस्यसचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताए ।

देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीलाई उच्च मनोवलका साथ तयारी र प्रतिस्पर्धाका लागि सदस्यसचिव घिसिङले सुझाव दिएका थिए । स्वास्थ्यलाई विशेष ख्याल राख्न सुझाव दिँदै सदस्यसचिव घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित संघलाई निर्देशन समेत दिएका छन् ।

प्रशिक्षकहरूले खेलाडीको प्रशिक्षण तालिम, खुराक, खेल सामाग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।  

खेलाडीले विहान-बेलुका दैनिक पाँच घण्टा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले जानकारी दिए ।

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदीप खाती सहभागी थिए ।

पेरिस ओलम्पिमा सहभागी हुनेमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याड्मिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशीक प्रशिक्षणमा रहेको निर्देशक विष्टले जानकारी दिएका छन् ।

छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024