काठमाडौं । एसियन जुनियर तथा स्कुल ब्वाइज/गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।
एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा युएईको अबुधाबीमा भदौ ११ देखि २५ सम्म हुने प्रतियोगितामा जुनियर ४६ केजी तौल समुहमा चन्दन शाही, ६० केजी तौल समुहमा शेरप गल्चेन शोर्पा, ८० केजी मा सर्यन बैद्यले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी स्कुलतर्फ ६१ केजी तौल समूहमा रोमस श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टोलीको प्रशिक्षकमा रमेश दास श्रेष्ठ छन् । निर्णायक धनकुमार मैनाली पनि मंगलबार राती टोलीसँगै युएई जानेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।
प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दाबढी खेलाडी सहभागी छन् ।
देशभरका १७५ खेलाडीबाट प्रतियोगियोगिताका लागि खेलाडी छानिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिए ।