ओलम्पिक टिमलाई केल्मीले प्रायोजन गर्ने

काठमाडौं, (खेलाडी) -जापानमा अर्को महिना हुने टोकियो ओलम्पिक २०२० का लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङबीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ । 

सम्झौता अनुसार टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सवै पोशाक केल्मीले प्रायोजन गर्नेछ ।

सम्झौतापत्रमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्‍ठ र कामरुका निर्देशक प्रदीप न्यौपानले हस्ताक्षर गरे । 

एनओसी अध्यक्ष श्रेष्‍ठले नेपाली खेलकुद र निजी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिँदै कामरुसँगको प्रायोजन सम्बन्धले भविश्यमा पनि निरन्तरता पाउने विश्‍वास व्यक्त गरे ।

कामरु ट्रेडिङका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोशाक प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदका प्रत्येक पाइलामा यथासक्य सहयोग गर्ने आश्‍वासन दिए ।