पुस १७, २०८२ शुक्रबार | १२:२७:५६
एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो

सदस्यसचिव सिलवाल बर्खास्त, अदालत जाने तयारी

काठमाडौं (खेलाडी)- नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । 

आज बसेको मन्त्रीपरिषद बैठकले सदस्यसचिवबाट सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । सिलवाललाई बर्खास्त गरे पनि हाललाई परिषदका अन्य पदाधिकारी तथा सदस्यमाथि भने कुनै कारवाही नगरिएको बताइएको छ । 

गत वर्ष नयाँ खेलकुद ऐन आएपछि परिषदको बोर्ड स्वत विघटन हुँदा पहिलो कार्यकाल बीचमै त्याग्नु परेका सिलवाल दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट चयन भएका थिए । नयाँ ऐन अनुसार गत वर्ष साउन १३ मा उनले दोस्रो कार्यकालको नियुक्ती लिएका थिए । 

सरकारबाट बर्खास्त भए पनि सिलवाललाई औपचारिक रुपमा यसको कुनै जानकारी नभएको उनी निकट एक पदाधिकारीले खेलाडीसँग बताए । उनले खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि चयन भएको बताउँदै ति पदाधिकारीले सरकारी निर्णयको विरुद्ध कानुनी उपचार खोज्ने बताए । 

'हामीलाई कुनै औपचारिक जानकारी छैन । तत्कालका लागि सदस्यसचिवलाई मात्र बर्खास्त गरेको भन्ने सुनिएको छ । हामी बाँकीको पालो आउँदै होला,' ति पदाधिकारीले भने, 'सदस्यसचिव अहिले कोभिडका कारण आराममा हुनुहुन्छ । तर हामी सरकारी दादागिरी चुपचाप सहेर बस्ने पक्षमा छैनौं । देशमा कानुनी राज छ भन्ने प्रमाणित गर्नका लागि पनि हामी यसको कानुनी उपचारमा जान्छौं ।' 

यसअघि राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्यसचिव युवराज लामालाई सरकार परिवर्तन भएपछि बर्खास्त गर्ने प्रयास गर्दा लामाले कानुनी उपचार खोजेर पूरा कार्यकाल काम गरेको भन्दै ति पदाधिकारीले थपे, 'हामी पनि युवराजजीकै बाटो समाउने छौं ।'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकिकृत हुँदा सदस्यसचिवमा नियुक्त भएका सिलवाल हाल नेकपा एमालेमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने सिलवाललाई नयाँ सरकार बनेलगत्तै बर्खा्स्त गरिने चर्चा थियो । युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुअघि नै खेलकुद मन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दा सिलवालसँग स्पष्टिकरण सोधिएको थियो । तर कोभिड ज्ञढ को संक्रमण भएर उपचारमा रहेको भन्दै सिलवालले स्पष्टिकरण दिएका थिएनन् ।

कोभिड उपचारमा रहेको बताएका सदस्यसचिव सिलवाल १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनिपको फाइनल हेर्न उनी माल्दिभ्स गएका थिए । मालेस्थिग राष्ट्रिय रंगशालामा भएको फाइनलमा नेपाली राष्ट्रिय टोली भारतसँग ३-० को नतिजामा पराजित भएको थियो ।

'सदस्यसचिवले नयाँ मन्त्रीसँग पनि आफूलाई कोभिड संक्रमण भएको र निको भएपछि सल्लाहमै जे गर्नु परे पनि  गर्न सकिने बताउनुभएको थियो । तर आज अचानक बर्खास्त गरिएको भन्ने हल्ला चलेको छ । यो सरकारको एकदमै संवेदनाहिन काम हो,'  सिलवालनिकट ती पदाधिकारीले भने ।

तथापि सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उद्धृत गर्दै उनीनिकट स्रोतले भने सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने प्रकृया सुरु गरेको तर बर्खास्त गरिनसकेको बताएको छ । 'बर्खास्त गर्ने नै हो । तर अहिले प्रकृया सुरु गरिएको मात्र हो । प्रकृया पूरा भएपछि बर्खास्त गरिनेछ,' उनले भने ।

(अपडैट गरिएको समाचार)


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC