चैत्र १४, २०८२ शनिबार | ०६:३६:०४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सहज जितसहित चेल्सी एफए कपको चौथो चरणमा

लन्डन । चेस्टरफिल्डलाई ५-१ ले हराउदै चेल्सीले शनिबार  एफए कपको चौथो चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलको सुरुआती २० मिनेटमै टिमो वार्नेर, कालुम हडसन ओडियो र रोमेलु लुकाकुको गोलमा चेल्सी सहज जिततर्फ लम्किएको थियो । थोमस टचेलको टोलीका लागि हाकिम जेइच र आन्द्रियस क्रिस्टेनसेनले समान एक गोल गर्दै रवाफिलो जित पक्का गरेका थिए । 

चेल्सी एफए कपको पछिल्लो पाँच संस्करण मध्ये चार पटकको फाइनलिस्ट हो । 

छैटौ मिनेटमा जेइचको पासमा वार्नेरले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । १८औं मिनेटमा ओडियोले चेल्सीको अग्रता दोब्बर पारे ।  त्यसको दुई मिनेटपछि नै लुकाकुले गोल गर्दै चेल्सीको अग्रता ३० मा पुर्याएका थिए ।

३९औं मिनेटमा क्रिस्टेनसेनले चेल्सीका लागि चौथो गोल गरे । ५५औं मिनेटमा जेइचले पेनाल्टीको सदुपयोग गर्दै चेल्सीको अग्रता ५-० मा पुर्याए । 

खेल सकिन १० मिनेट बाँकी रहँदा अक्वासी असान्टाले चेस्टरफिल्डका लागि सान्त्वना एक गोल गरेका थिए ।

चेल्सीले बुधबार इङ्लिस लिग कपको दोस्रो लेगमा टोटनहमको समना गर्दैछ ।  पहिलो लेगमा चेल्सीले जितिसकेको छ ।

त्यस्तै लेस्टर सिटीले पनि प्रतियोगिताको चौथो चरणमा स्थान बनायो । लेस्टरले वाट्फोर्डलाई ४-१ ले हरायो । न्युक्यासल युनाइटेडले भने क्याम्ब्रिजसँग १-० ले पराजित भएसँगै तेस्रो चरणबा बाहिरिएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो