माघ १८, २०८२ आइतबार | ११:१६:००
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सहज जितसहित चेल्सी एफए कपको चौथो चरणमा

लन्डन । चेस्टरफिल्डलाई ५-१ ले हराउदै चेल्सीले शनिबार  एफए कपको चौथो चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलको सुरुआती २० मिनेटमै टिमो वार्नेर, कालुम हडसन ओडियो र रोमेलु लुकाकुको गोलमा चेल्सी सहज जिततर्फ लम्किएको थियो । थोमस टचेलको टोलीका लागि हाकिम जेइच र आन्द्रियस क्रिस्टेनसेनले समान एक गोल गर्दै रवाफिलो जित पक्का गरेका थिए । 

चेल्सी एफए कपको पछिल्लो पाँच संस्करण मध्ये चार पटकको फाइनलिस्ट हो । 

छैटौ मिनेटमा जेइचको पासमा वार्नेरले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । १८औं मिनेटमा ओडियोले चेल्सीको अग्रता दोब्बर पारे ।  त्यसको दुई मिनेटपछि नै लुकाकुले गोल गर्दै चेल्सीको अग्रता ३० मा पुर्याएका थिए ।

३९औं मिनेटमा क्रिस्टेनसेनले चेल्सीका लागि चौथो गोल गरे । ५५औं मिनेटमा जेइचले पेनाल्टीको सदुपयोग गर्दै चेल्सीको अग्रता ५-० मा पुर्याए । 

खेल सकिन १० मिनेट बाँकी रहँदा अक्वासी असान्टाले चेस्टरफिल्डका लागि सान्त्वना एक गोल गरेका थिए ।

चेल्सीले बुधबार इङ्लिस लिग कपको दोस्रो लेगमा टोटनहमको समना गर्दैछ ।  पहिलो लेगमा चेल्सीले जितिसकेको छ ।

त्यस्तै लेस्टर सिटीले पनि प्रतियोगिताको चौथो चरणमा स्थान बनायो । लेस्टरले वाट्फोर्डलाई ४-१ ले हरायो । न्युक्यासल युनाइटेडले भने क्याम्ब्रिजसँग १-० ले पराजित भएसँगै तेस्रो चरणबा बाहिरिएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।