माघ १५, २०८२ बिहीबार | २२:३२:५७
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

आजको जित महत्त्वपूर्ण थियो: प्रशिक्षक न्यौपाने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार न्युरोड टिम एनआरटीविरुद्ध १-० को जित निकालेसँगै त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेले लिगमा अगाडि बढ्नका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

'आजको जित हामीलाई लिगमा अघि बढ्न निकै महत्त्वपूर्ण थियो, आजको खेलमा हाम्रो लक्ष्य जसरी पनि अंक लिनुथियो । गर या मरको अवस्था थियो,' खेलपछि उनले भने, '६ खेलमा १८ अंक जोडेर २९ अंकसाथ लिग अन्त्य गर्ने हाम्रो लक्ष्य छ । अहिलेसम्म लक्ष्यअनुसार अघि बढिरहेका छौं । तर अब अगाडि के हुन्छ हेरौं ।'

आगामी दिनमा अझ राम्रो प्रदर्शनसहित तीन अंक लिने लक्ष्य रहेको उनले बताए ।

अन्य टोलीको तुलनामा औसत गोल कम भइरहेको बताउँदै उनले भने, -अरु टोलीले दुई मुभमा एक गोल निकाल्दा हामीले ५-६ मुभमा एक गोल निकालिरहेका छौं । आज पनि गोलका निकै अवसरहरु बनेको थियो । यसअघि सातदोबाटो र एपीएफसंग एक गोलको अग्रता जोगाउन सकेका थिएनौं । आज एक गोलको अग्रता जोगाउने चुनौती थियो र पूरा पनि भयो । आजको जितले केही दबाब कम गरेको छ । संकटाको पनि १४ नै अंक छ । मनाङ मर्स्याङ्डी जस्ता क्लबसंग खेल्न बाकी नै छ । प्रत्येक खेलमा तीन अंक लिने लक्ष्य छ हेरौ के हुन्छ ।'

आर्मीविरुद्धको हारपछि एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले यसअघिका खेलमा जस्तो खेल्न नसकेको प्रतिक्रिया दिए ।

'मैले खेलाउन नसकेको हो कि खेलाडीले खेल्न नसकेको हो बुझ्न सकेको छैन । यसअघिको खेलमा जस्तो खेल्न सकेनौं । खेलाडी निकै उदास देखिए । त्यसैले आर्मीले निकै मुभ बनायो,' उनले भने, 'आजको खेलबाट म सन्तुष्ट छैन । खेल्न सकेनौं वा मैले खेलाउन सकिँन । आर्मीविरुद्ध जित निकाल्नेमा हामी 'फुल कन्फिडेन्ट' थियौं । आज जित निकाल्ने नै हाम्रो लक्ष्य थियो । किनभने हाम्रो टिम नराम्रो छैन । तर आजको जस्तो खेलले बाँकी खेलमा जित निकाल्न सकिँदैन ।'

'हिजो मात्रै हामीले ३१ प्रकारका सट प्राक्टिस गरेका थियौं, आज एउटा पनि सट छैन । कसलाई दोष दिने । मैले लिने वा खेलाडीलाई दिने ?,' असन्तुष्ट देखिएका मुख्य प्रशिक्षक शाक्यले भने, 'किन खेल्न सकेनन् अब खेलाडीलाई नै सोध्नुपर्छ । हामीसँग क्षमता भएका खेलाडी छन् तर उनीहरू आज खेल्न सकेनन् । आर्मी एउटा पेसले गेम खेल्ने टिम हो । जगजित श्रेष्ठ र दिनेश हेन्जनलाई रोक्यौं भने गेम लिनसक्छौं भनेर केटाहरूलाई भनेको थिएँ । दिनेशले नै गोल गरे । यस्तै साना साना कुराहरू खेलाडीले ध्यान नदिँदा नै आजको जस्तो परिणाम आउँछ ।'


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।