चैत्र ६, २०८२ शुक्रबार | १८:०६:३२
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

आजको जित महत्त्वपूर्ण थियो: प्रशिक्षक न्यौपाने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार न्युरोड टिम एनआरटीविरुद्ध १-० को जित निकालेसँगै त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेले लिगमा अगाडि बढ्नका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

'आजको जित हामीलाई लिगमा अघि बढ्न निकै महत्त्वपूर्ण थियो, आजको खेलमा हाम्रो लक्ष्य जसरी पनि अंक लिनुथियो । गर या मरको अवस्था थियो,' खेलपछि उनले भने, '६ खेलमा १८ अंक जोडेर २९ अंकसाथ लिग अन्त्य गर्ने हाम्रो लक्ष्य छ । अहिलेसम्म लक्ष्यअनुसार अघि बढिरहेका छौं । तर अब अगाडि के हुन्छ हेरौं ।'

आगामी दिनमा अझ राम्रो प्रदर्शनसहित तीन अंक लिने लक्ष्य रहेको उनले बताए ।

अन्य टोलीको तुलनामा औसत गोल कम भइरहेको बताउँदै उनले भने, -अरु टोलीले दुई मुभमा एक गोल निकाल्दा हामीले ५-६ मुभमा एक गोल निकालिरहेका छौं । आज पनि गोलका निकै अवसरहरु बनेको थियो । यसअघि सातदोबाटो र एपीएफसंग एक गोलको अग्रता जोगाउन सकेका थिएनौं । आज एक गोलको अग्रता जोगाउने चुनौती थियो र पूरा पनि भयो । आजको जितले केही दबाब कम गरेको छ । संकटाको पनि १४ नै अंक छ । मनाङ मर्स्याङ्डी जस्ता क्लबसंग खेल्न बाकी नै छ । प्रत्येक खेलमा तीन अंक लिने लक्ष्य छ हेरौ के हुन्छ ।'

आर्मीविरुद्धको हारपछि एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले यसअघिका खेलमा जस्तो खेल्न नसकेको प्रतिक्रिया दिए ।

'मैले खेलाउन नसकेको हो कि खेलाडीले खेल्न नसकेको हो बुझ्न सकेको छैन । यसअघिको खेलमा जस्तो खेल्न सकेनौं । खेलाडी निकै उदास देखिए । त्यसैले आर्मीले निकै मुभ बनायो,' उनले भने, 'आजको खेलबाट म सन्तुष्ट छैन । खेल्न सकेनौं वा मैले खेलाउन सकिँन । आर्मीविरुद्ध जित निकाल्नेमा हामी 'फुल कन्फिडेन्ट' थियौं । आज जित निकाल्ने नै हाम्रो लक्ष्य थियो । किनभने हाम्रो टिम नराम्रो छैन । तर आजको जस्तो खेलले बाँकी खेलमा जित निकाल्न सकिँदैन ।'

'हिजो मात्रै हामीले ३१ प्रकारका सट प्राक्टिस गरेका थियौं, आज एउटा पनि सट छैन । कसलाई दोष दिने । मैले लिने वा खेलाडीलाई दिने ?,' असन्तुष्ट देखिएका मुख्य प्रशिक्षक शाक्यले भने, 'किन खेल्न सकेनन् अब खेलाडीलाई नै सोध्नुपर्छ । हामीसँग क्षमता भएका खेलाडी छन् तर उनीहरू आज खेल्न सकेनन् । आर्मी एउटा पेसले गेम खेल्ने टिम हो । जगजित श्रेष्ठ र दिनेश हेन्जनलाई रोक्यौं भने गेम लिनसक्छौं भनेर केटाहरूलाई भनेको थिएँ । दिनेशले नै गोल गरे । यस्तै साना साना कुराहरू खेलाडीले ध्यान नदिँदा नै आजको जस्तो परिणाम आउँछ ।'


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो